२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुर कारागार भित्रैबाट एक महिलाले दिइन बलात्कृत भएको किटानी जाहेरी

तुलसीपुर, माघ १६ । तुलसीपुर कारागार भित्रै आँफुमाथि माथि बलात्कार भएको भन्दै एक महिलाले किटानी जाहेरी दिएकी छन् ।
प्रहरीका अनुसार घटना तीन महिला पहिलेको हो ।

तुलसीपुर कारागारका यसअघिका चौकीदार खुमबहादुर चौधरीका बिरुद्ध एक २० बर्षीया महिलाले कारगार भित्रै बलात्कार भन्दै लिखित रुपमा किटानी जाहेरी दिएकी छिन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले पीडित महिलाले कार्तिक १७ दिउँसो चौधरीले आँफुमाथि प्रशासनिक भवनको भान्सा कोठामा बलात्कार गरेको लिखित जाहेरी सोही दिन दर्ता गराएकी थिइन ।

अरोपित महिला ठगी (बैंकिङ कसुर) मुद्दामा सजाय भुक्तान गरि रहेकी महिला हुन । उनीपनि महिला ब्लकको चौकीदार थिइन ।

जाहेरी पछि घटना अनुसन्धान सकेर मिसिल कात्तिक २८ गते सरकारी वकिल मार्फत जिल्ला अदालतमा बुझाइएको इप्रका तुलसीपुका प्रबक्ता केसीले जानकारी दिए ।

जसमा खुमबहादुर बिरुद्ध थप सातदेखि दश बर्ष थप सजाय,पीडितलाइ क्षतिपुर्ती तथा जरिवना माग दाबी गरिएको छ ।

उजुरी पछि आरोपित खुमबहादुरलाई चौकीदारको जिम्मेवारी बाट हटाइ पुसको पहिलो हप्ता जिल्ला कारागार घोराहीमा स्थान्तरण गरिएको तुलसीपुर कारागार शाखाका सूचना अधिकारी द्रोण वलीले जानकारी दिए ।

तुलसीपुरका २८ बर्षीय चौधरी यसअघिपनि बलात्कार मुद्दामै दोषी ठहर भएपछि जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते चौधरीलाई ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०७९ माघ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *