तुलसीपुर,माघ १४ । तुलसीपुर नगर जेसिजले बर्ष २०२३ मा गरिने कार्यक्रमहरुको बारेमा जानकारी गराएको छ ।
वर्ष २०२३ का अध्यक्ष शालिकराम वलिले शनिवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा वर्ष भरि गरिने योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराएका हुन ।
उनले आफ्नो कार्यकालमा स्थानीय सरकारसगं समन्वय गरेर तुलसीपुरमा यात्रुहरुका लागि प्रतिक्षालय निमार्ण गर्ने योजनालाई पहिलो प्राथमिकतामा राखेको बताए ।
त्यस्तै उनले एक बर्षे कार्यकालमा तालिमलाई प्राथमिकतामा राखेको बताए । आफु निर्वाचित भइसकेपछि २१ जना नँया सदस्यहरु थप गरेको बताउँदै उनले उनीहरुलाई प्रत्येक हप्ताको शुक्रबार क्षमता अभिबृद्धी तालिमहरु सञ्चालन गर्ने बताए ।
त्यस्तै उनले सामुदायीक क्षेत्रमा गरिने कार्यक्रम अन्तरर्गत बिद्यालयहरुमा दुव्र्यशनी बिरुद्धको सचेतना तालिम,मानव अधिकार,बालअधिकार र महिला अधिकारका विभिन्न तालिमहरु सञ्चालन गर्ने, तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडामा स्वास्थ्यका विभिन्न तालिम तथा कार्यक्रमहरु गर्ने पनि बताए ।
कार्यक्रममा तुलसीपुर नगर जेसिजका निबर्तमान अध्यक्ष केशबराज केसीले बर्ष २०२२ लाई सफल गराउन सञ्चार क्षेत्रबाट महत्वपुर्ण भुमिका रहेको पत्रकारहरुलाई धन्यवाद दिए ।
उनले नेपाल जेसिजले तुलसीपुर नगर जेसिजलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै सामाजिक कार्यहरुलाई बढाउनुपर्ने बताए ।
तुलसीपुर नगर जेसिजले स्थापनाकाल देखि नै युवाहरुको नेतृत्व बिकाससगैं ब्यक्तित्व बिकासमा महत्वपुर्ण भुमिका बहन गर्दै आएको छ ।
