घोराही,माघ १४ । घोराही उपमहानगरपालिका वडा न.११ मा संचालित परोपकार पाठशाला स्कुलले शुक्रबार एक कार्यक्रम गरेर आफ्नो १३औ बार्षिक उत्सव सम्पन्न गरेको छ।
कार्यक्रम नेसनल प्याब्सन केन्द्रिय कार्यसमितिका सह-अध्यक्ष सुवास न्यौपानेको प्रमुखको आतिथ्यता तथा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत श्री नारायण पौडेल र नेसनल प्याब्सन केन्द्रिय सदस्य प्रकाश शर्माको बिशिस्ट आतिथ्यतामा सप्पन्न भएको छ।
पाठशालाका संचालक समितीका अध्यक्ष तथा डिभाईन एजुकेसन फाउन्डेसनका सस्थापक भोजराज न्यौपानेको अध्यक्षतामा संचालन भएको बार्षिक उत्सव कार्यक्रम पाठशालाका प्रीन्सिपल नरेश आचार्यले स्वागत गरेका थिए ।
कार्यक्रम प्रमुख अतिथी न्यौपानेले अहिलेको शिक्षाले मानव मुल्य र मान्यतालाई आत्मसात गर्दै विश्व परिवेशमा बिक्न सक्ने जनशक्ति तयार गर्नुपर्ने खालको हुनुपर्ने बताए ।
उनले शिक्षाले जीवन, जगत र प्रबिधि लाई सङसङै जोडेर लैजानु पर्ने कुरा बताउदै पाठशालाको उन्नति प्रगतिको शुभकामना व्यक्त गरे ।
त्यस्तै बिशिस्ट अतिथि शिक्षा महाशाखा घोराहीका अधिकृत नारायण पौडेलले विद्यार्थीहरुलाई बाल मनोबैज्ञानिक ढंगबाट शिक्षण गर्ने शिक्षक मात्र सफल हुने बिश्वास ब्यक्त गरे ।
नेसनल प्याब्सनका केन्द्रिय सदस्य प्रकाश शर्माले पाठशालाले गरेको प्रगती र विद्यार्थीहरुको प्रतिभाको प्रशम्शा गर्दै थप उन्नति प्रगतिका लागि चुनौती सङ जुद्धै अगाडि बढनु पर्ने बताए ।
कार्यक्रममा नेसनल प्याब्सन दाङका कोषाध्यक्ष हरि प्रसाद भण्डारी, पारिजात स्कुलका प्रीन्सिपल रोमहर्ष शर्मा, पाठशालाका सस्थापक सदस्य चित्र बहादुर ओलि, लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
पाठशालाका प्रीन्सिपल नरेश आचार्यले पाठशालाका भावी योजना र उदेश्य बारे चर्चा गरेका थिए ।
यसअबसरमा विद्यार्थीहरुलाई २०७८ सालको बार्षिक परिक्षाका सफल विद्यार्थी एवम् विभिन्न अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई पुरस्कार एवम् प्रमाणपत्र बितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक एवम् प्रतिभा प्रस्फुटन कार्यक्रम गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकार चाम बहादुर बिकले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष भोजराज न्यौपानेले पाठशालालाई यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा लैजाने योजना अनुसार कार्य गर्ने कुरा बताए।
अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष न्यौपानेले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै आफुले शिक्षालाई अनुशासन, सस्कार र नैतिक म्यान्यता अनुसार अगाडि बढाउने योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षक होमा केसि र निर्मला चौधरीले संयुक्त रूपमा संचालन गरेका थिए ।