२०८१ बैशाख १२ गते बुधवार

टरिगाउँ एयरपोर्टमा भोलि सीता एयरको परीक्षण उडान गर्दै

तुलसीपुर, माघ १२ । निजी बिमान सेवा कम्पनी सीता एयरले माघ १३ गते दाङको टरिगाउँ एयरपोर्टमा परीक्षण उडान गर्ने भएको छ ।

नियमित सेवा सुरु गर्ने उदेश्यका साथ सीताले परीक्षण उडान गर्न थालेको हो ।

पछिल्लो समय नेपाल एयरलाइन्स कम्पनीको टिव्न्टर बिमानले मात्रै हप्तामा चार दिन उडान भर्दै आएको छ । आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुने गरेको छ ।

दाङदेखि काठमाडौंको भाडा न्यूनतम आठ हजार आठ सय दश रुपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम नौं हजार बढीदेखि अधिकतम १२ हजार बढीसम्म छ ।

टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला बिमान अबतरण हुन सक्दैनन् ।

सीताको १९ सिटे चार– डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान गर्न लागेको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले जानकारी दिए ।

त्यो कुरा सीता बिमानका कर्पौरेट चिफ सबिता नकर्मीले पनि पुष्टि गरिन । तुलसीपुरका ब्यबसायी रिजालको आग्रहमा दाङबाट उडान गर्ने गरि परीक्षण उडान गर्न थालेको उनले जानकारी दिइन ।
टरिगाउँ एयरपोर्टका बिमानस्थल प्रमुख गणेश आचार्यले सीताले शुक्रबार गर्ने भनिएको परीक्षण उडान बारे आँफुलाई पनि जानकारी आएको बताए ।

बिहीबार बेलुका बिमान कम्पनीले सेडुलय पेश गर्ने र शुक्रबार बिहान मात्रै त्यसबारे आँफुलाई आधिकारीक जानकारी प्राप्त हुने उनले जानकारी दिए ।

सीता एयरले झन्डै दशक पहिले घाँसे मैदान छँदा नै टरिगाउँ एयरपोर्टमा सेवा दिएको थियो । सीता एयरले पनि ब्यबसायिक उडान सुरु गरे यात्रुलाई भाडादर सस्तो पर्न जाने आशा गरिएको छ ।

नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि समेत रहेका रिजालले सर्वसाधारण यात्रुलाई भाडादर झन्डै एक हजारदेखि एक हजार पाँचसयसम्म सस्तो पर्न जाने आशा ब्यक्त गरे ।

पछिल्लो समय दाङको टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापना भइ इन्धन भर्ने सुबिधा थप हुँदापनि नेपाल एयरलाइन्सले यात्रुको भाडा घटाएको छैन । यो एयरपोर्ट बिक्रम संबत २०११ सालदेखि संचालनमा आएको हो ।

एयरपोर्ट बिस्तारको हरेक निर्वाचन ताका हरेक दलका नेताहरुले उठाउँदै आएपनि हालसम्म त्यो काम हुन सकेको छैन ।

 

 

तस्बिर : फरककोण ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *