२०८२ माघ २६ गते सोमवार

११ किमी सडक तुलसीपुरका युवा मिलेर आँफै मर्मत गरे

तुलसीपुर, माघ १० । तुलसीपुरका युवाहरु आपसमा मिलेर आफ्नै खर्चले झन्डै ११ किलोमिटर सडक मर्मत गरि सकेका छन् ।

माघ ५ गतेदेखि अभियान सुरु गरेका उनीहरुले माघ ९ गतेसम्म तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मत गरि सकेका हुन ।

तुलसीपुर–घोराही चारलेन बिस्तारका नाममा सडकको दायाँ बायाँ खनिएको छ । ठाउँ ठाउँमा ह्यूमपाइप बिच्छाउन खनेका खाडल छन् । जस्ले गर्दा सडक लथालिङ्ग अवस्थामा छ ।

यो सडकमा यात्रा गर्दा सर्वसाधारणले निकै सास्ती खेप्दै आएका छन् ।

त्यसैले आँफुहरु केही साथीहरु मिलेर चिया गफका क्रममा योजना बनाइ सडक मर्मत अभियान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले जानकारी दिए ।

यो अभियानमा को कस्ले के कति योगदान गरे – हेर्नुहोस नाम लिष्टसहितको विवरण –

 

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *