२०८३ भाद्र १२ गते शुक्रवार

राप्ती बबई क्याम्पसमा अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी

 

तुलसीपुर,माघ ८ । मध्यपश्चिम क्षेत्रको पहिलो क्युएए प्राप्त गर्न सफल राप्ती बबई क्याम्पस तुलसीपुरमा गुणस्तरीय शिक्षा तथा खोज अनुसन्धान सम्बन्धी ३ दिने कार्यशाला गोष्ठी भएको छ ।

राप्ती बबई क्याम्पस तुलसीपुरको आयोजना तथा गोरखा मोडेल कलेज,ज्ञानदिप कलेज र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सञ्चालन गरिएको तिन दिने गोष्ठीको आइतवार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

राप्ती बबई क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. बिष्णुु कुमार देबकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विश्व बिद्यालय अनुदान आयोगका प्राध्यापक डाक्टर देबराज अधिकारीले यस क्षेत्रलाई शिक्षाको थलो बनाउन निजि तथा सामुदायिक क्याम्पसहरु हातेमालो गरेर जानू पर्ने बताए । उनले क्युएए प्राप्त गरी आंगिक क्याम्पसका रुपमा रुपान्तरण भैसकेका निजि तथा सामुदायीक क्याम्पसहरुले गुणस्तरीय शिक्षा प्रदानमा जोड दिनुपर्ने बताए ।

तिन दिने कार्यशाखा गोष्ठीका प्रशिक्षक तथा कार्यक्रममा बिशिष्ट अतिथी त्रिबि योजना महाशाखा निर्देशक प्रा.डा ध्रुर्ब कुमार गौतम र नेपाल कमर्श क्याम्पसका डाक्टर प्रकाश श्रेष्ठले क्युएए प्राप्तीको लागि उर्जाशिल भएर लाग्न प्राध्यापकहरुलाई आग्रह गरे । उनीहरुले अन्तर क्याम्पसहरु मिलेर क्याम्पसमा अनुसन्धानमूलक लेख लेखन कार्यमा लाग्न समेत आग्रह गरे ।

त्यस अवसरमा बोल्ने सहभागीहरुले गुणस्तरीय शिक्षा तथा खोज अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी तथा तालिमहरुले थप उर्जाशिल बनाउने भन्दै यस्ता खालका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

कार्यशाला गोष्ठीमा दाङ सहित सल्यान,बर्दिया,सुर्खेत ,रुकुम, रुकुम पश्चिम,बाके,जाजरकोट लगाएतका जिल्लाका २६ क्याम्पसका प्रमुख तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राप्ती बबई क्याम्पसका प्रमुख युबराज रावतले धन्यवाद ज्ञापन गरेका थिए भने सहजीकरण सहायक क्याम्पस प्रमुख टेक प्रसाद कंडेलले गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न क्याम्पसहरुलाई सम्मान गर्नुका साथै सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *