२०८० फाल्गुन २२ गते मङ्गलवार

बाँकेका पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान सञ्चालन

नेपालगञ्ज ,माघ ७ । बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लाका पाँच वटा पालिकामा दादुरा संक्रमण देखापरेको छ ।

डुडुवामा दादुरा संक्रमण देखापरेपछि शनिबारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन गरिएको छ ।

बाँकेमा अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा तीन जना, नरैनापुर गाउँपालिकामा १५ जना र डुडुवा गाउँपालिकामा आठ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय, नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, पाँच वटा पालिकाको २६ वटा वडा प्रभावित छन् । त्यसमध्ये १३ वटा वडाका २० वटा खोप केन्द्रमा शनिबार खोप लगाइँदैछ ।

प्रकाशित मिति : २०७९ माघ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *