दाङ, माघ ५ । मुलुक संघात्मक अभ्यासमा प्रवेश गरेसंगै नेपाल प्रेस युनियनले पनि प्रादेशिक अभ्यास थालेको छ ।
गण्डकी, कर्णालि र सुदुरपश्चिम अधिवेशन सम्पन्न गरेपछि विहिवार लुम्विनी प्रदेश अधिवेशन दाङको घोराहीमा सुरु भएको छ ।
प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तथा नेपाल प्रेस युनियनका उपाध्यक्ष माधव अर्यालको अध्यक्षतामा सुरु भएको प्रदेश अधिवेशनमा प्रेस युनियनका अग्रज नेतृत्वहरुले सत्य, तथ्य तथा निस्पक्ष पत्रकारीताको आह्वान गरेका छन् ।
नेपाल प्रेस युनियन नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाइ आत्मसात गर्ने सुभेच्छुक संस्था मात्रै भएकाले पार्टि नेतृत्वको सकारात्मक आलोचना र सरकारका गैर संबैधानिक र गैर लोकतान्त्रिक आचरणका विरुद्ध खवरदारी गर्न पनि सुझाव दिएका छन् ।
सहभागि पार्टि नेतृत्वले पनि पहिले पत्रकार बन्न र त्यसपछि मात्रै प्रेस युनियनको सदस्यको परीचय दिन आग्रह गरेका थिए ।
आफ्नै प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पत्रकारीता कसैलाइ सक्ने र कसैलाइ उचो बनाउने भन्दा पनि सत्यतथ्य पत्रकारीताकालागी आह्वान गरे ।
‘हामी सुभेच्छुक संस्थाको सकारात्मक आलोचना र आवस्यक सुझाव ग्रहण गर्न तयार छौं, पुनले भने, पार्टिलाइ सचेत र सरकारलाइ खवरदारी गर्न तपाइहरुको महत्वपुर्ण भुमिकाको अपेक्षा गरेका छौ’, पुनले भने ।
साथै उनले नेपाली कांग्रेस जस्तो म्याद थप्दै अधिवेशन लम्व्याउंदै जाने प्रबृति अन्त गर्न पनि प्रेस युनियन नेतृत्वलाइ आह्वान गरे । त्यसैगरी अनावस्यक व्यक्तिहरु कार्ड होल्डर बनेर प्रेस युनियनको वदनाम गर्न सक्ने भन्दै पत्रकारीतामा सुद्धिकरण र सदृढिकरण अभियान सन्चालन गर्न पनि प्रेस युनियन नेतृत्वलाइ आग्रह गरे ।
पत्रकारीता समाजको दिगदर्शन भएकाले आफ्नो भुमिकालाइ व्यक्तिगत भुमिकाका रुपमा नलिन पनि पुनको सुझाव थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारीता लोकतन्त्रको पहरेदार भएको बताउंदै विभिन्न तहका सरकारले ल्याउने प्रेस स्वतन्त्रतालाइ अंकुश लगाउने कानुनका विरुद्ध पत्रकारीता क्षेत्र उभिनुपर्ने बताए ।
‘सत्ताधारीहरु मिडियालाइ संकुचित बनाउन चाहन्छनु र सोहि स्वार्थका कानुन ल्याउन चाहन्छन्, मिडियालाइ अंकुश लगाउने कानुनका विरुद्ध तपाइहरुले सधै खवरदारी गर्नुहोला’, लम्सालले भने ।
पत्रकारीतामा बृत्ति विकाशकालागी समयोपयोगी तालिम दिन केन्द्रिय समिति तयार रहेको बताउंदै सवै जिल्ला नेतृत्वहरुले त्यसकालागी तयार रहन पनि उनले निर्देशन दिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल प्रेस युनियनका पुर्व महासचिव पोषण केसीले पत्रकारीता र राजनितिको धरातल भिन्न भएको बताउंदै पहिले पत्रकार भएपछि मात्रै प्रेस युनियनको सदस्य बन्न सुझाव दिए ।
साथै उनले नेपाल प्रेस युनियन पार्टिको सुभेच्छुक संस्था मात्रै भएकाले थिंकट्यांक नबनिदिन पनि आग्रह गरे । उनले चुनाव ताकाको गठवन्धन टिकाउन नसकेकोमा पार्टि नेतृत्वको पनि तिखो आलोचना गरे ।
‘हामीले गठवन्धन टिकाउन किन सकेनौं भनेर पार्टिले जवाफ दिनु पर्छ, सातो गल्तीले ठुलो क्षति भएको छ, यसमा मिडिया बोल्दै पर्नेछ’, वर्तमान अवस्थामा नेपाली कांग्रेसको क्षेत्रीय सभापति समेत रहेका पुर्व पत्रकार केसीले भने ।
साथै उनले पत्रकारीतालाइ अंकुश लगाउने कानुन कुनै पनि तहबाट बन्नथाले त्यसको चर्को विरोध गर्न र सच्चाउन दवाव दिन पनि उनले समस्त सन्चार क्षेत्रलाइ आग्रह गरे ।
पत्रकार महासंघका पुर्व सचिव रामजी दाहलले पत्रकारलाइ प्रतिपक्षिको भुमिकामा गलत क्रियाकलापको खवरदारी गर्न सुभकामना दिएका थिए ।
साथै प्रेस स्वतन्त्रता विरोधी कानुन निर्माणका सन्दर्भमा पत्रकारहरु जहिल्ले पनि सचेत बन्नुपर्ने सुझाव दिए ।
उस्तै उस्तै शुभकामना मन्तव्य दिनेहरुमा पुर्व अध्यक्ष मुरारी कुमार शर्मा, प्रेस युनियनका उपाध्यक्ष दिपेन्द्र वान्तवा, केन्द्रिय महासचिव दिलिप पौडेल, पुर्व मध्यपश्चिम संयोजक देवेन्द्र वर्मा, नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डांगी, रोल्पा उपसभापति कविता उपाध्याय, नेपाल ट्रेड युनियन लुम्विनी प्रदेश उपाध्यक्ष युवराज बस्नेत, प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सविन प्रियशन, अको¥यावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विभिन्न व्यक्तित्वहरुको सम्मान
यसैबीच नेपाल प्रेस युनियन केन्द्रिय समितिको आयोजना र नेपाल प्रेस युनियन दाङ शाखाको आतिथ्यमा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा पुर्व अध्यक्ष वद्रि सिग्देल, मुरारी शर्मा, युवराज श्रेष्ठ, हरी लम्साल, देवेन्द्र वर्मा, दिपा आले, माधव नेपाल, झपेन्द्र गैरे, विष्णु प्रसाद भुषाल, पुर्व केन्द्रिय सदस्य शान्ता पौडेललाइ मरणोपरान्त सम्मान, अजय बर्मा, सुदिप गौतम, दामोदर भण्डारी, रामराज पोख्रेल, दनार्दन घिमिरे, उमा थापा, शुरेश श्रेष्ठ, जयसिंह केसी, केपि घिमिरे तथा नेपाल प्रेस युनियन दाङका संसथपक अध्यक्ष राम प्रसाद पौडेललाइ पनि सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रमको आतिथ्यता ग्रहण गर्ने संस्था नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीलाइ पनि सम्मान गरिएको थियो ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल प्रेस युनियन केन्द्रिय उपमहासचिव शुलोचना गौतमले गरेकि थिइन् । धन्यवाद ज्ञापन केन्द्रिय सदस्य प्रेम नारायण आचार्यले गरेका थिए ।
अधिवेशनले विधान वमोजिम प्रदेश नेतृत्व चयन गर्दै दाङ घोषणापत्र जारी गर्ने पनि बताइएको छ ।
