शिव राज खनाल ,दाङ,माघ २ । लुम्बिनी प्रदेशकाे सभामुखमा एक र उपसभामुखमा तीन जनाकाे मनाेनयन दर्ता भएको छ ।
सुरुमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनाेनयन दर्ता गरियाे । त्यसपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनाेनयन दर्ता गरेकाे छ ।
नेपाली कांग्रेस बाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित विश्वप्रेम पाठककाे उपसभामुखमा मनाेनयन दर्ता भएको छ ।
उपसभामुखमा राप्राकी मेनुका खाँड केसीकाे मनाेनयन दर्ता भइसकेकाे छ ।
सभामुखमा नेकपा माअाेवादी केन्द्रका तुलाराम घर्तीकाे उम्मेदवारी परेकाे छ । कांग्रेसले सभामुखमा उम्मेदवारी दिएकाे छैन ।
कांग्रेसका विश्वप्रेम पाठककाे
प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र सर्थकमा राजु खनाल रहेका छन ।
यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकिकी रुपन्देही जिल्ला निवासी निर्मला देवी चाैधरीकाे मनाेनयन दर्ता भएको छ ।
प्रस्तावकमा प्रदेश सभा सदस्य नरमायाँ ढकाल र समर्थकमा संसदिय दलका नेता धर्म चाैधरी रहेका छन ।
सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ ।`दुई वटा मन्त्रालयमा सहमति थियाे ।
तर, हामीले भनेकाे जस्तो भएन´संसदिय दलका नेता चाैधरीले भने-´हामीलाई माओवादी , एमाले, कांग्रेस सबैकाे समर्थन मिल्छ ।´
