२०८० चैत्र ३० गते शुक्रवार

कहाँ गयो ? तुलसीपुरको ‘टोल फ्री नम्बर’

तुलसीपुर,माघ २ । वि.सं २०७४ पुसमा तत्कालीन मेयर घनश्याम पाण्डेले निकै तामझामबीच तुलसीपुर उपमहानगरपालिकामा पैसा नलाग्ने फोन (टोल फ्री नम्बर) प्रयोगमा ल्याएका थिए।

जसको प्रमुख उद्धेश्य थियो, जनताको गुनासो सुन्नु। उपमहानगरको सेवा प्रवाह र विकासका बारेमा जनताको कुरा सुन्नकै लागि भनेर पैसा नलाग्ने फोन नम्बर १६६०८२५२००० मा प्रयोगमा ल्याइएको थियो।

सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउन, उपमहानगरलाई सबै जनताको पहुँचमा पुर्‍याउन तथा सूचनामैत्री नगर बनाउनका लागि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याउनु परेको बताएका थिए।

‘कतैबाट पनि मेयरसँग भेट गर्न पाइएन भन्ने गुनासो गर्न नपाउने र नगरबासीका गुनासा तत्काल सम्बोधन गर्न सकियोस् भन्ने उद्धेश्यले ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याउनु परेको हो,’ मेयर पाण्डेले भनेका थिए, ‘तुलसीपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुसार काम अन्तरगत यो पनि एक हो।’

तर, उक्त टोल फ्री नम्बर अहिले बन्द भइसकेको छ। ‘हेलो मेयर’ लेखिएको भित्तामा अहिले सूचना तथा प्रविधि शाखा लेखिएको छ। सूचना अधिकारी बाबुराम न्यौपानेले केही महिना अगाडिदेखि ‘हेलो मेयर’ को टोल फ्री नम्बर सञ्चालनमा नरहेको बताए।

अहिले त्यो नम्बर कता छरु भन्ने बारेमा पनि उनी अनभिज्ञ रहेछन्। दोस्रो कोभिड संक्रमणका लहर फैलिएपछि उक्त नम्बर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीलाई प्रदान गरिएको रहेछ।

उनले केही महिना आफूले बोकेको उक्त नम्बर र मोबाइल अघिल्लो वर्ष साउनतिर कोरोना संक्रमणदर मत्थर भएपछि सम्बन्धित शाखामै बुझाएको बताए।

त्यसपछि त्यो मोबाइल र सिमकार्ड कहाँ गयोरु कसैले यकिनका साथ भन्न सक्दैन। सूचना अधिकारी न्यौपानेले सिमकार्ड बिग्रिएको भन्ने खबर आफूले पाएको बताए।

सोही पैसा नलाग्ने फोन नम्बर १६६०८२५२००० बोक्न र त्यसमा आएका सूचना टिप्नका लागि तत्कालीन मेयर पाण्डेले तीन जना कर्मचारी करारमा राखेका थिए।

ती तीन जना महिलामध्ये एकले दशरदश दिनको हिसाबले फोन आफूसँग राख्ने गर्दथे। कसैका महत्वपूर्ण गुनासा वा सूचना आउनासाथ उनीहरूले सम्बन्धित शाखा वा मेयर समक्ष सूचना पुर्‍याउँथे।

‘हेलो मेयर’ कार्यक्रमको फोट गायब भएपछि त्यसका लागि नियुक्त कर्मचारीमध्ये शोभा गौतम उपमेयरको सचिवालयमा र लिना शर्मा सुकुम्बासीलाई व्यवस्थापन गर्नका लागि डाटा संकलन कार्यमा खटाइएको छ। उक्त फोन रहुन्जेल दैनिक ५ देखि १० वटा र महिनामा डेढ सयसम्म गुनासो आउने गरेको उनीहरूले बताए।

बढी सरसफाइसम्बन्धी गुनासा आउँथे। भइपरि आउने घटनामा सहयोग तथा उद्धारको आग्रह, बाटोमा पशु चौपाया मेरी टोल वा सडक दुर्गन्धित भएमा, कतै आगलागी भएको छ र कतै विकास निर्माणको काममा बदमासी भएको छ भने फोनहरू आउने गरेको उनीहरू बताउँछन्।

केही मात्रामा कर्मचारीले काम गर्दा भोग्नु परेका अप्ठ्यारा, काम गर्न गरेको आनाकानीसम्बन्धी गुनासोहरू पनि आउँथे। कतिपय मानिसले नाम मात्रैको ‘स्मार्ट सिटी’ भन्दै आलोचना तथा गालीगलौजसम्म गर्ने गरेको अनुभव उनीहरूसँग छ। यस्ता गुनासा उनीहरू जस्ताको तस्तै मेयरलाई पठाउँथे।

तुलसीपुर–१२ रझेनाका रामु चौधरीले नचेनेका र सर्वसाधारणका फोन सित्तिमित्ति मेयर–उपमेयरले नउठाउने हुँदा कुनै घटना वा दुर्घटनाको समयमा यस्तो नम्बर उपयोगी हुने बताए।

२०७६ सालमा गाउँको एक घरमा आगलागी हुँदा दमकल माग्नु पर्दा कसैको फोन नउठेपछि टोल फ्री नम्बरमा फोन हानेको उनले स्मरण गरे। ‘बेलुका आठ बजेतिर गाउँकै एक घरमा आगलागी भएको थियो र मेयररउपमेयरको फोन नउठेपछि मैले टोल फ्रीमा सम्पर्क गरी दमकल मागेको थिए,’ उनले भने।

तुलसीपुर– ६ को गोलौरा सिँचाइ कुलोमा २०७७ वैशाखमा गाई लडेर मरेपछि दुर्गन्धित भयो। कृष्ण नेपालीको घर नजिकै थियो। कसरी त्यो मरेको गाई हटाउनेरु कस्लाई भन्न लगाउनेरु नेपालीलाई अत्तोपत्तो थिएन। चिने जानेका नेतालाई गुहारे पनि काम भएन। त्यो कुरा उनले विदेशमा बस्ने साथीलाई गुनासो गरे। विदेशबाट साथीले गुगल गरि तुलसीपुरको टोल फ्री नम्बर पत्ता लगाएर दिए। त्यसैमा फोन गरेपछि नगरका कर्मचारी आएर मरेको गाई व्यवस्थापन गरेको कृष्ण बताउँछन्।

सर्वसाधारणका लागि यो टोल फ्री नम्बर आपत बिपतमा काम लाग्ने भए पनि पछिल्लो समय त्यो फोनमा सम्पर्क गर्दा फोन नलागेको देखेर दिक्क लाग्ने गरेको नेपालीले बताए। पूर्व मेयर पाण्डे पनि टोल फ्री नम्बरका कारणले सर्वसाधारणसम्म नगरको पहुँच पुर्याउन र सूचनाप्राप्त गर्न सजिलो हुने अनुभव सुनाउँछन्।

यस्तो टोल फ्री नम्बर अहिले हटाइएको छ। किन हटाएको भन्ने प्रश्नमा तुलसीपुरका मेयर टीकाराम खड्काले भने-पहिला त त्यो नम्बर कहाँ छ नै खोज्नुपर्ने छ तर अब त्यो नम्बर किन चाहियोरु

‘आज सबैको हातहातमा मोबाइल छन्,आवश्यक परे सबैले सोझै मलाई फोन गरिहाल्छन् भने किन चाहियो त्यो टोल फ्री नम्बररु’, उनले थपे, ‘आजको जमानामा एक फोन गर्न चार पाँच रुपैयाँ मोबाइलमा नहुने त मान्छे हुन्न होला।’

नगरको अनावश्यक खर्च कटौती गर्न उक्त नम्बर हटाइएको र त्यसैका लागि करार नियुक्त गरिएका कर्मचारी नगरले थेग्न सक्ने अवस्था नरहेको उनले बताए। ‘हाम्रो आफ्नो सूचना केन्द्र छँदैछ नि, फेरि किन राख्नु पर्‍यो त्यो हेलो शाखा,’ उनले प्रश्न गरे, ‘ अनावश्यक जनशक्ति राखेर तलब खुवाउनै गाह्रो हुने काम गर्नु भएन नि ? ’

आवश्यकताभन्दा बढी मानिसहरू वल्लो कोठा पल्लो कोठामा थुपारेर नगरबासीलाई ऋणमा पार्ने चाहना नरहेको जवाफ पनि उनले दिए। मेयर खडकाले आफू सबैका लागि सहज र सबैका कुरा सुनिदिने तथा प्राथमिकता निर्धारण गरी तत्काल कार्य गरिदिने हुँदा कसैको गुनासो नरहेको दाबी पनि गरे।

तर, कतिपय नगरबासीले मेयर खड्काले आफ्नो प्रशंसा गर्ने र फुर्क्याउने मानिसहरूको मात्रै फोन उठाउने गरेको गुनासो गर्ने गर्छन्।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *