२०८२ माघ २३ गते शुक्रवार

लुम्बिनीमा आज हुने भनिएकाे माघी महाेत्सव स्थगित

दाङ,माघ २ । लुम्बिनी प्रदेश सरकारले आज गर्ने भनिएको माघ महोत्सव कार्यक्रम नगरिने भएको छ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले आइतबार पोखरामा भएको प्लेन दुर्घटनाबाट उत्पन्न भएको दुःखद् परिस्थितीका कारण माघ महाेत्सव आयोजना नगरिने जानकारी दिएको छ।

प्रदेश सरकारले माघ पर्वको अवसरमा सोमबार आज प्रदेशभर सार्वजनिक विदासमेत दिने निर्णय गरेको थियो।

विभिन्न समुदायको कला संस्कृती र झाँकी प्रदर्शनका साथै शुभकामना आदान प्रदान कार्यक्रम राख्ने तयारी थियो।

मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै माघ महोत्सव नगरिने जानकारी दिए।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *