२०८१ बैशाख १३ गते बिहिवार

पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना

काठमाडौं, माघ १ । पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो।

विमानस्थलमा अहिले आगोको मुस्लो देखिएको छ। उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ।

जहाजमा चालक दलका सदस्यसहित ६८ जना सवार थिए।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *