देविराम कुसारी,भाङावारी(गंगटे दाङ) । मानवीय मानविय सहायता नेपाल (ह्युमेड) संस्थाले आफ्नाे दाश्राे स्थपना दिवश पश्चिम दाङकाे भाङवारीमा मनाएकाे छ ।
बंबई गाँउपालिका १ भाङवारिमा रहेकाे जनकल्यान आधारभुत विद्यालयमा संस्थाले शैक्षिक सामाग्रि वितरण गरी स्थापना दिवश मनाएकाे हाे ।
संस्थाका अध्यक्ष वसन्त पाेख्रेलकाे अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खिमबहादुर घर्तिकाे प्रमुख अथित्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतसिं सिन्जालीकाे विशिष्ट अथित्यमा भएकाे कार्यक्रममा विद्यलयका १४ जना छात्र छात्रालाई शैक्षिक सामाग्रि वितरण गरिएकाे थियाे ।
कार्यक्रमलाई सम्वाेधन गर्दै विद्यालयका प्रधानाध्यापक घर्तिले दाङकाे कर्णाली भनेर चिनिने भाङावारी जस्ताे विकट ठाँउलाई स्थापना दिवशका लागि छनाेट गरेकाे प्रति संस्थालाई धन्यवाद दिएका थिए ।
कार्यक्रमा वाेल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जालिले आफ्नाे अनुभवमा संघ सस्थाले भाङावारीमा स्थापना दिवश मनाएकाे याे नै पहिलाे भएकाे भन्दै संस्थाले चाहेमा हातेमालाे गर्न तयार भएकाे बताए ।
संस्थाका सचिव देविराम कुसारीले सहजीकरण गरेकाे कार्यक्रममा शिक्षिका टिकाकुमारी केसीले ह्युमेडले गरेकाे याे काम अनुकरणिय भएकाे बताउनु भयाे ।
सामाजिक संघ संस्था सुगममा केन्द्रित भैरहेकाे अवस्थामा दुर दराजका स्थानियलाई साथै छाैं भन्ने हाेसला दिनकाे लागि स्थापना दिवस मनाउन भाङावारी आएकाे संस्थाका अध्यक्ष पाेख्रेलले बताएका थिए ।
कुनै दातृ संस्थाकाे विना सहयाेग सदस्यवाट संकलित रकमवाट संस्थाले विकट समुदायमा सचेतना तथा मानविय सहायत दिदै आएकाे संस्थाका सदस्य रत्न खड्काले जानकारी दिए ।
.