२०८१ बैशाख १३ गते बिहिवार

बाँकेमा तीन युवामाथि खुकुरी प्रहार,दुईको अवस्था गम्भीर

दाङ, पुस १८ । बाँकेमा तीन युवामाथि खुकुरी प्रहार गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका वडा नं. १८ का २९ बर्षीय बिनय भण्डारी, वडा नं.६ का ३१ बर्षीय तासे भनिने प्रकाश थापा, राप्ती सोनारी – २ का ३१ बर्षीय नारायण डाँगी र बैजनाथ – ५ का २९ बर्षीय प्रकाश रसाइली भनिने तुलसीराम सुनारलाई प्रहरीले सोमबार पक्राउ पछि सार्वजनिक गरेको छ ।

भारतिय नम्बर प्लेटको यूपी ३२ इयू ८६१६ नम्बरको कारमा गएका चार जनाले आइतबार दिउँसो सवा २ बजेतिर नेपालगंज– ४ गणेशपुरमा नेपालगंज १२ का २७ बर्षीय अनुराग शाह, नेपालगंज– ४ का सुभमजंग शाह र जानकी गाउँपालिका – ३ का उज्वल शाहलाई खुकुरी प्रहार गरि गम्भीर घाइते तुल्याएका थिए । घाइते मध्य अनुराग र सुभमको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रमुख एसपी सञ्तोषसिंह राठौरले जानकारी दिए ।

उनीहरु दुबै जनाको भारतको लखनउमा लगेर उपचार जारी रहेको राठौरले बताए । उज्वलको भने बाँकेमै उपचार जारी रहेको छ । खुकुरी प्रहार गरि फरार चार जनालाई डुडुवा गाउँपालिका वडा नं. २ दासपुरुवा भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले घटनामा प्रयोग गरेका दूई थान खुकुरी नेपालगंज– ५ फुलटेक्रास्थित सडक बाटो नजिक झाडीबाट र प्रयोग गरेको कार भने डुडुवा– ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिण तर्फको गहुँखेतमा फेला परेको प्रहरी निरीक्षक चक्रडम्मर पालले जानकारी दिए ।

पुरानो रिसिबीका कारण एक चार जना मिलेर तीन शाहमाथि योजना बद्ध रुपमा खुकुरी प्रहार भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *