दाङ, पुस १७ । लुम्बिनी प्रदेशका ८७ सांसद मध्य आइतबार एक जना मात्रै सपथमा आइनन् ।
बाँकेकी राप्रपाकी क्षेत्रीय सदस्य मिना कुमारी श्रेष्ठ सपथमा अनुपस्थित रहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ पुनले जानकारी दिए ।
उनले श्रेष्ठ के कारणले सपथमा नआएको भन्ने बारे कुनै सूचना प्राप्त नभएको बताए ।
श्रेष्ठका लागि प्रदेश प्रमुख कार्यालयबाट पछि सपथको ब्यबस्था हुने उनले जानकारी दिए ।
बाँकेमा बुझ्दा चार दिन अगाडि सांसद श्रेष्ठका श्रीमानको निधन भएका कारण सपथमा नआएको स्रोतले बताएको छ ।
उनी राप्रपाकी समानुपातिक सांसद हुन ।
प्रकाशित मिति : २०७९ पुष १७ गते आइतवार