२०८३ भाद्र ११ गते बिहिवार

अमेरिका हिडेका रुकुमका एक युवाको पानामाको जंगलमा मृत अवस्थामा फेला

रुकुम,पुस १५ । अमेरिका जान हिडेका एक जना रुकुम पश्चिमका युवा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर १० का २१ बर्षिय मदन शाह पानामा को जंगलमा मृत अवस्थामा फेला परेको पारिवारीक श्रोतले जनाएको छ ।

उनको मंसिर २५ गते मृत्यु भएको जनाइएको छ ।

जानकारी अनुसार अवैध बाटो अमेरिका जाने क्रममा पानामाको जंगल क्रस गर्ने क्रममा शाह जंगलमै छुटेका हुन ।

सँगैका साथीहरु बासस्थानमा पुगेको र तर शाह जंगलमै मृत अवस्थामा फेला परेको खबर परिवार समक्ष आईपुगेको छ ।

जंगलको खोलाको किनारमा मृत अवस्थामा रहेका शाहलाई पछाडिबाट आईरहेको टोलीले भेटाएको थियो । शाहको शरिरका बिभिन्न भागहरुमा चोटहरु रहेकोले मारेर फालिएको आशंका गरिएको छ ।

अवैध बाटो हुँदै अमेरिका जाने लहर चलिरहेको बेला पछिल्लो समय रुकुम पश्चिमका शाह सहित चार जनाको बाटो मै मृत्यु भएको छ ।

गत वर्षको मंसिरमा बाँफिकोट गाउँपालिका ३ का २८ वर्षिय रुपक बोहराको घानामा बिरामी भएर मृत्यु भएको थियो भने गत असोजमा बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का ४० वर्षका रमेश गौतमको पानामाको समुन्द्रमा ढुंगा दुर्घटनामा परेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *