२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङमा वेवारिसे अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

दाङ,पुस १३ । दाङमा वेवारिसे अवस्थामा फेला परेका एक जना पुरुषको मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना परुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनसार स्वर्गद्धारी आश्रमको गेट नजिक बेहोस भएर लडिरहेको अवस्थामा फेला पारी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो ।

उनको प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार सवा ७ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।

साथै प्रहरीले मृतक व्यक्तिलाई पहिचान गरेको खण्डमा जिल्ला प्रहरी कार्यालय दाङको कार्यालयमा सम्र्पक राख्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *