२०८२ जेष्ठ १३ गते आइतवार

महिला सशक्तीकरण अभियानमा महालक्ष्मी लाइफ

तुलसीपुर,पुस १२ । महालक्ष्मी लाइफले रोजगारी र समृद्धिको लागि महिला सशक्तीकरण अभियान सुरु गरेको छ ।

महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउने उद्देश्यले नेपालका विभिन्न जिल्लाहरुमा तालिम कार्यक्रमहरु गर्दै आएको छ । अभियान अन्तरर्गत मंगलवार दाङको तुलसीपुरमा पनि महिला सशक्तीकरण कार्यक्रमको सुभारम्भ गरिएको छ ।

महालक्ष्मी लाइफका एजेन्सी म्यानेजर ईन्दु आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका सिइओ रमेश कुमार भट्टराईले समाजमा पिछडिएका तथा आर्थिक रूपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति नहुने भएकोले उनीहरूलाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका मार्केटिङ चिफ प्रसान्त राज धमला र मार्केटिङ म्यानेजर यमलाल न्यौपानेले विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावबारे चर्चा गरेका थिए ।

यसै आर्थिक वर्ष ०७९÷८० भित्र परीक्षणको रूपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सुरु गरिने संस्थाले जनाएको छ । कार्यक्रम मार्फत ६० महिलालाई प्रत्यक्ष रोजगारी र तीन हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ ।

कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलालाई तालिम दिने, रोजगारीका लागि बिमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने संस्थाले जनाएको छ ।

कार्यक्रमको सहजीकरण महालक्ष्मी लाइफका एरिया म्यानेजर टेकम प्रसाद धितालले गरेका थिए ।

त्यसअवसरमा एजेन्सी म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *