२०८२ असार ९ गते मङ्गलवार

सिसहनियाँमा ४ करोड ६० लाखको लागतमा प्रहरीको भवन बन्दै

तुलसीपुर,पुस ११ । इलाका प्रहरी कार्यालय सिसहनियाँ कार्यालयको भवन बन्न थालेको छ। राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालयमा नयाँ बन्न लागेको भवनको शिलान्यास जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर ओलीले गरेका छन्।

प्रहरी प्रधान कार्यालय नक्शाल काठमाण्डौंको ४ करोड ६० लाख २७ हजार ९ सय १ रुपैयाँको लागतमा सो भवन बन्न लागेको हो।

साढे दुई तला रहने भवनमा १ वटा कार्यालय प्रमुख कक्ष, ६ वटा प्रशासनिक कक्ष, १ वटा सञ्चार कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, शौचालय र भान्सा तथा कम्पाण्ड वाल सहित रहने इन्जीनियर प्रकाश गौतमले जानकारी दिएका छन्।

ठेक्का सम्झौता भएको मितिले १८ महिना भित्रमा भवन निमार्ण सम्पन्न गरिसक्ने इन्जीनियर गौतमले जानकारी दिएका छन् ।

पिपि निर्माण सेवा प्रालि काभ्रेको निमार्ण सम्झौतामा प्रहरी कार्यालय तथा आवाससहितको सुविधा युक्त भवन बन्न लागेको छ ।

सो भवनको लम्बाई २२।५० र चौडाई १५।५० रहने बताइएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २५ जनाको दरबन्दी भए पनि हाल १ जना प्रहरी नायव निरीक्षकसहित १२ जनाको जनशक्ति रहेको छ।

जसमा २ जना वरिष्ठ हवल्दार, ३ जना हवल्दार ४ जना सहायक हवल्दार र २ जना प्रहरी जवान छन्। अब सो इलाका प्रहरी कार्यालयमा छिट्टै प्रहरी निरीक्षक (इन्स्पेक्टर) आउने एसपी वीरबहादुर ओलीले बताएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत रहेको पालिकामा सुरक्षा व्यवस्था पनि मजबुद बनाउन आवश्यक रहेको एसपी ओलीले बताएका छन् ।

 

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *