२०८३ असोज २९ गते बिहिवार

महोत्सव स्थलमा रक्तदान

तुलसीपुर,पुस ११ । तुलसीपुरमा जारी प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

तुलसीपुरमा रहेको ब्लड बैंकमा रगतको अभाव रहेको भन्ने जानकारी पाएपछि आफुहरुले मेला स्थलमै रक्तदान कार्यक्रमको आयोजना गरेको युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

मध्यान्न १२ बजेसम्म भएको रक्तदान कार्यक्रममा १८ जना युवाहरुले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको व्यवस्थापन कालिका रक्त सञ्चार केन्द्र तुलसीपुरले गरेको थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी जनक प्रसाद खरालले युवाहरुले आयोजना गरेको महोत्सव स्थलमा रक्तदान गरेको भन्दै प्रशंसा गरे ।

आगामी युवाहरुलाई सामाजिक काममा अग्रसर बन्न आग्रह गर्दै आफुले पनि युवाहरुको काममा सहयोग गर्ने बताए ।

रक्तदान गर्नेमा घनश्याम हलुवाइ, एचआर मगर, शुसिल बिक, विरु बिक, निर्मल टमाटा, सुदन वली, अरुण लहरे, भानुप्रकाश कशौधन, दिपक बर्मा, अभिशेक कार्की, राम बहादुर योगी, रुपेश शर्मा, शान्ताराम सेन्चुरी, झग्गु भण्डारी, डिल्लीराज भण्डारी, अंकित खनाल, गगन मगर र पवन कुमार अग्रवालले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *