दाङ,पुस ८ । नेपाल पत्रकार महासघंले दाङका रामप्रसाद पौडेलसहित देशभरिका २६ वरिष्ठ पत्रकारलाई प्रेस स्वतन्त्रता सेनानीको उपाधिबाट सम्मान गरेको छ ।
शुक्रवार सुर्खेतमा आयोजित केन्द्रीय साधारणसभाबाट सो उपाधि प्रदान गरिएको हो ।
पौडेल अस्वस्थ रहेकाले उहाँको तर्फबाट पत्रकार महासङ्घ दाङका पूर्वअध्यक्ष सुदीप गौतमले सम्मान ग्रहण गरेका छन ।
सम्मान प्राप्त गर्नेहरुमा भरतराज पोख्रेल, राजेन्द्र अर्याल, नरेन्द्रजङ पिटर, भवानी बराल, कृष्ण लम्साल, गोपाल बुढाथोकी, रामभरत साह, अमृता लम्साल, खिलबहादुर भण्डारी, नारायण कार्की, बबिता बस्नेत, पुण्य पौडेल, कोमलनाथ बराल, किशोर श्रेष्ठ, इश्वरी वाग्ले, धर्मेन्द्र कर्ण, रघु मैनाली, सन्जयसन्तोषी राई, रामप्रसाद पौडेल, दामोदर दवाडी, चित्राङ्ग थापा, गगन बिष्ट, बिनोद पहाडी, पिताम्बर ढकाल, देबेन्द्र चुडाल र प्रभुनारायण बस्नेत रहेका छन ।
