२०८३ असोज २९ गते बिहिवार

स्वमुल्यांकन सुझाउंदै प्रदेश शुसासन केन्द्र

 

दाङ, पुस ५ । लुम्विनी प्रदेश मुख्य मन्त्री कार्यालय माताहतको प्रदेश सुसासन केन्द्र बांकेको आयोजनामा स्थानीय तहको संस्थागत क्षमता मुल्यांकन र स्थानिय तहको वित्तिय जोखिम मुल्यांकन सम्वन्धी दुइदिने तालिमको मंगलवार सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाशुदेव आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले सरकारले निर्दिष्ट गरेका विभिन्न सुचकलाइ पालना गर्दै पालिकालाइ सवै रुपमा समृद्ध बनाउन आग्रह गरे ।

समृद्धिको प्रमुख आधार भनेकै शुसासन र पारदर्शिता रहेको बताउंदै तोकिएको समयमा तोकिएको सुचक पुरा गर्दै सवैले स्वमुल्यांकनका माध्यमबाट आफ्नो पालिकालाइ एक नंवर उत्कृष्ट बनाउन पहल गर्नुपर्ने बताए । यसका लागी वित्तिय जोखिमको अवस्था न्युनिकरण गर्दै जनताको सेवा प्रवाहमा पनि सहजता ल्याउन उनले सहभागिलाइ आग्रह गरे ।

दाङ जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय अधिकारी तथा यहांका दशवटै पालिकाका सामाजिक विकाश समितिका संयोजक, आर्थिक विकाश समितिका संयोजक, प्रमुख प्रशासकिय अधिकृत, लेखा प्रमुख तथा योजना तथा सुचना प्रविधि शाखाका प्रमुखहरुको तालिममा सहभागिता रहेको थियो ।

तालिममा स्थानीय स्वायत्त शासन विज्ञ विकिरण गौतम तथा प्रदेश सुसासन केन्द्र बांकेका प्रशिक्षक नरमाया सुनारले पहिलो दिन सहजीकरण गरेका थिए ।

नरमायाले लैगिक समानता र सामाजिक समावेशिकरणका विषयमा जानकारी गराउनुका साथै गत बर्षका स्वमुल्यांकनमा समग्र लुम्विनी प्रदेशका १ सय ९ वटै स्थानिय तहहरुको अवस्थाका विषयमा प्राप्त नतिजावारे जानकारी गराएकि थिइन ।

दोस्रो शेसनमा प्रशिक्षक विकिरण गौतमले स्थानिय तहमा शाशकिय प्रवन्ध देखि न्यायिक समितिका काम कर्तव्य र अधिकारका विषयमा जानकारी गराएका थिए । स्वमुल्यांकनका क्रममा स्थानिय पालिकाहरुले निर्वाह गर्नुपर्ने विभिन्न दशवटा विषयगत क्षेत्रका सवै सुचकहरुका विषयमा पनि प्रशिक्षक गौतमले जानकारी गराएका थिए ।

पालिकाको समृद्धि र विकाश कसैको निगाहाको विषय नभएर हरेक नागरीकको संबैधानिक अधिकार भएको भन्दै नागरीक अधिकारको प्रत्याहुतिकालागी पनि स्थानिय सरकार गम्भीर बन्नुपर्ने पनि उनको प्रस्तुतीमा उल्लेख थियो ।

त्यसैगरी तालिमको दोस्रो दिन कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका प्रमुख शिवकुमार चौधरीले वित्तिय शुसासन र वित्तिय जोखिम न्युनिकरणका सन्दर्भमा सहजीकरण गरेका थिए ।

वित्तिय जोखिमलाइ कहिल्यै पनि सुन्यमा झार्न नसकिने भएपछि यसलाइ न्युनिकरण भने गर्न सकिने भन्दै नेपाल सरकारले निर्दिष्ट गरेका वित्तिय जोखिम न्युनिकरणका सुचकहरुको व्याख्या गरेका थिए ।

मंगलवारको दोस्रो शेसनमा घोराहीका सुचना प्रविधि अधिकृत विमल अग्रहरीले पालिकाका सुचनाहरुलाइ अपलोड गर्ने तौरतरीकाका विषयमा जानकारी गराएका थिए ।

दुइदिने तालिमको समापन घोराही उपमहानगरपालिकाका प्रमुख वाशुदेव आचार्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तालिम समापन समारोहका प्रमुख अतिथि चौधरीले तालिममा सिकेका कुराहरुलाइ व्यवहारमा उतार्न सहभागिहरुलाइ आग्रह गरीन् ।

प्रदेश सुसासन केन्द्र बांकेकै आयोजनामा विहिवार र शुक्रवार घोराहीमै रुकुम पुर्वका जिल्ला समन्वय समितिका पदाधिकारी कर्मचारी तथा पालिकाका जनप्रतिनिधि कर्मचारीहरुकालागी यस्तै तालिमको आयोजना गरेको छ ।

वाह्र वटै जिल्लाका स्थानिय पालिका र जिल्ला समन्वय समितिका पदाधिकारी कर्मचारीहरुलाइ यो तालिम दिइने प्रदेश सुसासन केन्द्र बांकेका निर्देशक कमानसिं थापा मगरले जानकारी दिएका छन् ।

मुलुकमा संघियता आउनुअघि स्थानिय तहहरुको एमसिपिएम मुल्यांकन गरीने गथ्र्यो । कुनै स्वतन्त्र निकायबाट गरीने यो मुल्यांकनलाइ विस्थापन गर्दै संघियता आएपछि सरकारले स्वमुल्यांकनको अवधारणा ल्याएको थियो ।

 

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *