तुलसीपुर,मंसिर ४ । नेपाल पत्रकार महासघ दाङले ३० औ स्थापना दिबस तथा २१ औ साधारणसभा सम्पन्न गरेको छ ।
सोमबार तुलसीपुरमा एक कार्यक्रमका बिच ३० औ स्थापना दिबस तथा २१ औ साधारणसभा सम्पन्न गरेको हो ।
त्यस अबसरमा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले गलत कुराको आलोचना गर्न पत्रकारले डराउन नहुने बताएका छन् ।
मन्त्री शर्माले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री वा अन्य कसैले पनि गलत गर्दा पत्रकारले निडर भएर कलम चलाउनु सक्नु पर्ने बताएका हुन ।
कसैले गल्ति गर्दा सत्य कुरा बाहिर ल्याउँदा जुन ब्यक्तिले गल्ति गर्छ उही मान्छे अप्ठेरोमा पर्ने भन्दै उनले सत्य कुरा लेख्न कहिलै पत्रकार डराउन नहुने धारणा राखे ।
पत्रकारले जे सत्य हो त्यही कुरा लेख्न सक्नु पर्ने भन्दै कसैको कुरा बढाइ चढाई वा कसैलाई सिध्याने हिसावले कलम चलाउन नहुने उनले बताए ।
‘सत्यता पत्ता पत्ता लगाएर मात्रै लेख्ने कुराको चुनौति आज खडा भएको छ,’ उनले भने ‘ सूचना संचारको क्षेत्रमा आज प्रबिधिको जुन विकास भएको छ आँफैमा एउटा चुनौति सृजना गरेको हुँदा पत्रकार जिम्मेवार बन्न आवश्यक छ ।’
सत्य तथ्य पत्ता लगाएर लेख्ने भन्दापनि हतार गरि छिटो समाचार प्रकासित गर्ने सोचले गतल कुराहरु पर्छन कि भनेर पत्रकार सजग हुन आवश्यक रहेको उनले बताए ।
उलने भने‘ गतल कुराहरुले ब्यक्तिलाई अप्ठेरोमा पार्ने मात्रै हैन मृत्युको मुखसम्म पु¥याउने हुँदा पत्रकार प्रबृधिको बिकास संगै थप सजग र संवेदनसिल हुन आवश्यक छ ।’
संचार समाजको आँखा र दृष्टि भएको हुँदा समाज गतिसिल बनाउन सत्य सूचना जरुरी रहेको उनले बताएका थिए । कार्यक्रमका अन्य बक्ताहरुले जिम्मेवार पत्रकार जहिलै समाजप्रति उत्तरदायी भएर कलम चलाउन तत्पर हुनु पर्ने बताएका थिए ।
नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष तथा सल्लाहकार सुदिप गौतम, महासंघका संस्थापक टिकाराम रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकी, नेपाली कांग्रेस दाङका सहसचिव राजु आचार्य, नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य भरत रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य संगित बस्याल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति नवीन पोख्रेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे,पुर्व केन्द्रीय सदस्य मुरारीकुमार शर्मा, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष नारायण खड्का, क्रान्तिकारी पत्रकार संगठनका हिरामणी दुखी, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष महेश रिजाल, नेपाल पत्रकार महासंघ दाङ शाखाका निर्वतमान सचिव भुपेन्द्र वली, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष, हेमन्तप्रकाश वली, सिस्नोपानी दाङका अध्यक्ष डा. लोकराज पराजुली, पव्लिक ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जिसी लगायतले जिम्मेवार पत्रकार जहिलै समाजप्रति उत्तरदायी भएर कलम चलाउन तत्पर हुनु पर्ने बताएका थिए ।
महासघं दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन उपाध्यक्ष सन्तोष सुवेदीले गरेका थिए भने सहजीकरण सचिव आर.के. शितलले गरेका थिए ।
त्यस अवसरमा सचिव आरके शितलले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शरद रेग्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
दिवसका अवसरमा महासघं दाङमा तुलसीपुर ७ निवासी डिल्ली बहादुर केसीले १ लाख १ हजार १ सय ११ रुपैयाको रंग पत्रकारिता पुरस्कारको अक्ष्यकोष स्थापना गरेका छन भने तुलसीपुरकै भुपाल गिरिले जेष्ठ नागरिकको क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि ५१ हजार बराबरको अक्ष्यकोष स्थापना गरेका छन ।
त्यस्तै संस्थापक टिकाराम रेग्मीले स्थापना गरेको कवि गोकुल स्मृति प्रतिभा पुरस्कारलाई बृद्धि गरेका छन । उनले ५१ हजार राषीको पुरस्कारलाई बृद्धि गरि १ लाख १ हजार पु¥याएका हुन ।

यसैबिच ३० औ स्थापना दिबस तथा २१ औ साधारणसभाले १५ बुदें घोषणा पत्र सार्वजनिक समेत गरेको छ । दिवसका अवसरमा कार्यक्रम अघि पत्रकारहरुले तुलसीपुर बजारमा ¥याली समेत निकालेका थिए ।