तुलसीपुर, पुस ३ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न ।
पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा समाजको २५औं राष्ट्रिय परिषद् बैठक हुने भएको छ ।
जस्ले नयाँ नेतृत्व चयन गर्ने छ । समाजको स्थापना २०५३ जेठ १९ गते भएको थियो । जस्को संस्थापक सभापति कृष्ण पहाडी हुनु ।
शान्ति समाजको राष्ट्रिय परिषद बैठकले २७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । कार्य समितिको कार्यकाल २ बर्ष हुने बैधानिक ब्यबस्था छ । परिषदमा ३३ जिल्लाका २ सय ५० बढी परिबेक्षकको सहभागीता रहने छ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका बस्नेत दाङको तुलसीपुरबाट पत्रकारिता गर्दै आएका ब्यक्ति हुन ।
हाल उनी शान्ति समाजको वरिष्ठ उपसभापति हुन । झन्डै दूई दशक समाजमा क्रियासिल बस्नेत यसअघि जिल्ला सदस्य हुँदै जिल्ला सभापतिसमेत भएका थिए ।
केन्द्रमा सदस्य हुँदै सचिव तथा महासचिवको जिम्मेवारी निर्वाह गरि सकेका ब्यक्ति हुन । उनकै क्रियासिलताका कारण दाङ शाखा यो बीचमा सात पटक उत्कृष्ट शाखा बन्न सफल भएको थियो ।
केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका बस्नेतले केही प्रतिबद्धताहरु पनि जारी गरेका छन् । जो यस प्रकार छन् ।
१– शान्ति समाजको मुल्यमान्यतालाई उच्च राख्दै मानव अधिकार , शान्ति , लोकतन्त्र ,अहिंसा , सद्भाव र सहिष्णुताको पक्षमा कार्यक्रम तथा अभियान सन्चालन गर्ने ।
२– जलबायु परिवर्तन , दुब्र्यसन विरुद्ध , भ्रष्टाचार विरुद्ध , सामाजिक न्यायका पक्षमा,बैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ सेवा,सुशासनका लागि अभियान सन्चालन गर्ने ।
३– शाखाहरुको बिस्तार गरि क्रमशः सबै जिल्लामा पुर्याउने र संस्थागत बिकास गर्न रणनीतिक योजना बनाई सक्षम बनाउने
४– राजधानी उपत्यकामा केन्द्रीय कार्यालयको भवन खरिद गर्ने योजनालाई पूरा गर्ने ।
५– संस्थाको आर्थिक संकटमोचनका लागि दीर्घकालिन योजना बनाई कार्यान्वयन गर्ने ।
६– शान्ति समाजका सबै सदस्यहरुलाई मानव अधिकारका सम्बन्धि प्रशिक्षणको ब्यबस्था गरि थप सक्षम बनाउने ।
७– दिगो बिकास र दिगो शान्तिको लक्ष्य हासिल गर्दै विभेद मुक्त समाज र सामाजिक न्यायका लागि देश ब्यापी अभियान सन्चालन गर्ने ।