दाङ, पुस २ । भारतीय प्रधानमन्त्रीले नेपालका हरेक क्षेत्रको यातायात दयनिय भएको भन्दै सडक स्तरोन्नतीको अनुदान नेपाल प्रमणमा घोषणा गरे । तर त्यसमा पछि कार्यविधि बनाइयो, भारतीय बैंकले लगानी गर्ने, भारतीय कम्पनीलाइ ठेक्का दिने र भारतमा निर्मित निर्माण औजारको तोकिएको हिस्सामा प्रयोग हुने ।
त्यहि अनुरुप भारतीय ठेकेदारलाइ काम दिन ग्लोवल टेण्डर आहुवान सडक विभागले ग¥र्यो । ठेक्का पर्यो । अनि घोराही—तुलसीपुर चारलेन सडक निर्माण गर्न एउटा परीयोजना पनि बनायो नेपाल सरकार सडक विभागले ।
त्यसैको माताहतमा लमहीमा चारलेन सडक परीयोजनाको कार्यालय पनि स्थापना भो । तर सो कार्यालय काममा गतिशिलता दिनका लागि बेखर छ । काम नगरे कारवाहि सम्मको हैसियतमा पनि छैन लमहीको कार्यालय अनि घोराहीको कन्सल्टेन्ट परियोजना ।
भारतका उच्च राजनितिक घरानाका व्यक्तित्व शुष्मा शोराजका आफन्त पर्ने भारतको मुम्वइ स्थीत तथ्य इन्जिनियरीङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले ठेक्का हात पार्यो । त्यसका प्रवन्ध निर्देशक थिए प्रविण ब्रम्हदेव पाण्डे । तर ठेक्का हत्याए देखि नै उनी कहिल्यै आफुले ठेक्का लिएको स्थानमा आउन चाहेनन् । चौतर्फि विरोध भएपछि म्याद थप गर्नकालागी उनी घोराहीमा आएका थिए ।
वर्तमान प्रमुख जिल्ला अधिकारीको उपस्थीति सहित केहि राजनितिक दलका प्रम्ख र जिल्ला प्रहरी कार्यालयका तात्कालिन प्रमुख शुरेश काफ्ले समेतको उपस्थीतिमा अव कार्यप्रगति महिनै पिच्छे बढ्ने उद्घोष गरे ।
मैले पेटि ठेक्का दिएकाहरुलेनै मलाइ सवथोक ठिक छ भन्दै यहां आउन नदिएको अभिव्यक्ति थिए । अनि उनले यस अघिका ठेकेदारलाइ पेटि ठेक्का त तोडे, फेरी अर्कै चलखेलमा लागेपछि काम हुन सकेन ।
उतिवेला सहमति जनाएका तथ्यका प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डे फेरी आफ्नो साइट हेर्न अहिले सम्म आएका छैनन् । उनले फेरी अर्को पेटि ठेकेदारलाइ अघि सारे, त्यसको नाम थियो श्रेष्ठ कन्सट्रक्सन । त्यो भन्दा अघि प्रविण ब्रम्हदेवले ब्रम्हायणि, शिवपुरी सम्मका कम्पनीलाइ वार्गेनिङ गरे । तर सहमती हुन सकेन । काम पनि हुन सकेन । अनि उनै ब्रम्हदेवको क कम्पनीमा बैंक ग्यारेन्टी स्वरुप ३० करोडको जग्गा धरौटी राखेको श्रेष्ठ कन्सट्रक्सन, यस अघिका अनुप पाण्डे पेठि ठेक्का बाट उम्किइ सकेका थिए ।
अहिले आम नेपालीले तथ्य इन्जिनियरीङसंगै नेपाल सरकारलाइ सरापी रहेका छन् । आम दंगालीहरुले गुडवाइ तथ्य इन्जिनियरीङ भनेका छन् । खासमा भारतीय निर्माण कम्पनी मुम्वैको तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले आफु काम गर्न नआउंदा यो समस्या भएको बुझाइ आम नागरीकहरुको छ । त्यसैले दाङका आम नागरीकहरुले भनेका छन्, गुडवाइ तथ्य इन्जिनियरीङ ….।
जसोतसो घोराही तुलसीपुर सार्वजनिक यातायात ५५ मिनेटमा क्रस हुन्थ्यो । निजि सवारी साधनहरु बढिमा आधा घण्टामा आवतजावत हुन्थे । तर जव चारलेन परीयोजना सुरु भयो, त्यसपछि भत्काउने काम मात्रै भयो ।
तात्कालिन पेटि ठेक्का लिएका अनुप पाण्डेले मज्दुरहरुलाइ पारीश्रमिक नदिएर भोकभोकै पैदल जाजरकोट रुवाउंदैपठाएका थिए । धेरै फर्निचर उद्योगहरुमा तथ्य इन्जिनियरीङको उधारो वील छ ।
हरेक मोवाइल पशलमा पनि तथ्य इन्जिनियरीङको उधारो वील छ । मज्दुर रुवाउने उनै पाण्डे भने अहिले ठेक्का बाट वाहिरिएको खवर आएको छ । तर ती जाजरकोटे मज्दुरहरुले आफुले काम गरेको पैसा माग्दा तात्कालिन चारलेनको यार्ड दुधरासमा लगेर कुटेको कहिल्यै भुल्ने छैनन् ।
प्रविण ब्रम्हदेवजी,
तपाइले त्यो वेला पत्रकारहरुलाइ ह्वाट्अप एड्रेस पनि दिनुभएको थियो । तपाइले भारतीय मोवाइल नंवर पनि दिनुभएको थियो । तर तपाइको ब्रम्हत्व र धार्मिक नाम जोडिएका ती निर्माण कम्पनीले तपाइलाइ कामको प्रगति नदिंदा पनि किन मौन हुनुहुन्छ ।
नेपालको मित्र राष्ट्र भारतले दिएको सहयोग रकममा तपाइले किन काम गर्न चाहनु भएन? यी प्रश्नहरु आम नेपालीले तपाइको कम्पनीलाइ सोधिरहने छन् ।
हो तपाइको केन्द्रिय सत्तामा पहुच होला, त्यहि कारण पेटि ठेकेदारहरु पनिसाइटमा काममा नआएर उतै केन्द्रिय सत्ताधिकारी अर्थात सडक विभागमा धाइरहेका होलान । तपाइका पेटि ठेकेदारहरुले काम गर्न होइन, बैकमा राखेको धरौटी जोगाउनका लागि अभ्यस्त होलान्। तर तपाइको गुडवील त छिमेकि मुलुकमा लायक भएननी?
तपाइले चारलेन सडक निर्माणका क्रममा भत्काएर मात्रै छाड्नु भो । हजारौ रुख कटान गर्नुभो । धेरै वाइपास कुलाहरु बनाउनु भो । तर त्यसले सडक यातायातलाइ सहज होइन वर्वाद बनाएको छ । यो दुइ बर्षको अवधिमा तपाइले क्षतविक्षत पारेका सडकमा २८ जनाको सडक दुर्घटनाकै कारण दुःखद निधन भएको छ । यी परीवारका आंसुहरुलाइ तपाइले सम्वोधन गर्न सक्नु भएन ।
अव तपाइलाइ ६ महिना मात्रै समय छ । त्यो अवधिमा काम गर्नकालागी तपाइका पेटि ठेकेदारलाइ नवनिर्वाचित सांसदहरुले पनिप्रतिवद्धता पत्रमा हस्ताक्षर गराए होलान, जिल्ला समन्वय समितिको बैठकमा पनि स्थानिय सरकारको उपस्थीतिमा तपाइका काम गर्न नसक्ने प्रतिनिधिहरुले हस्ताक्षर धेरै पटक गरे । तर प्रविण ब्रम्हदेव पाण्डे कैलासमा हुनुहुन्छ वा आफुले ठेक्का लिएको सडकमा । गुडवाइ तथ्य इन्जिनियरीङ, गुडवाइ, प्रवन्ध निर्देशक प्रविण ब्रम्हदेव पाण्डे….।
फेरी काम गर्छु भन्ने झुठो आश्सन लिएर नआउनु होला । तपाइले पटक पटन थपिएको म्याद भित्र पनि ८ प्रतिसत काम गर्न सक्नुभएको छैन ।
