२०८२ बैशाख ३० गते सोमवार

पत्रकार महासघं दाङको स्थापना दिबशमा रक्तदान

घोराही,पुस १ । नेपाल पत्रकार महासघं दाङले ३० औ स्थापना दिबसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ ।

शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि रक्तदान कार्यक्रम गरेको हो ।

त्यस अबसरमा १० जना पत्रकारहरुले रक्तदान गरेका छन ।

जसमा जनक नेपाली,रोम थापा,हेमराज परिवर्तन,दशरथ घिमिरे,बिमला घर्ती,टोपेन्द्र रोका,गिरिराज नेपाली,यमकला भुसाल,दिनेश चौधरी र सन्तोष सुबेदिले रक्तदान गरेको उक्त कार्यक्रम संयाेजक गरिराज नेपालीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्ताेष सुवेदीकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार सुदीप गाैतमकाे प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको थियो

कार्यक्रमकाे सहजिकरण सचिव आर.के.शीतलले गरेका थिए ।

यसैबीच स्थापना दिबसका अबसरमा पुस २ गते  पत्रकार महिलाहरु बिच घोराहीमा मैत्रीपुर्ण  फुटसल,३ गते खाद्यान्न सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ भने पुस ४ गते तुलसीपुरमा साधारणसभा कार्यक्रम हुने सचिब आरके .शितलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *