२०८१ बैशाख १३ गते बिहिवार

प्रविधिसंग जोडिदै किसान

तुलसीपुर मंसिर २९ । तुलसीपुर उपमहानगरपालिकाले कृषि विकास बैंकको सहकार्यमा किसानहरुलाई प्रविधिसंग जोड्न थालेको छ । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि केआओएस के मेसिन जडान गरेको छ ।

शुक्रबार कृषि शाखामा कृषि विकास बैंक तुलसीपुरका प्रमुख बाबुराम ज्ञवालीले नगरप्रमुख टीकाराम खड्कालाई उक्त मेसिन हस्तान्तरण गरेका हुन । मेसिन माफ्त किसानहरुले उत्पादन गर्न थालेका कृषि जन्य वस्तुको विवरण,हावापानी, तापक्रम, माटो, बजार भाउको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

जिओ कृषि एप्समार्फत किसानहरुले उक्त डिजिटल प्रविधिमाफ्त जानकारी पाउन सक्ने जिओ कृषिका कार्यक्रम अधिकृत बबिन थापाले जानकारी दिए । जिओ कृषिमा तुलसीपुर क्षेत्रका एक सय ७९ जना किसानहरु आबद्ध रहेका छन् ।

किसानहरुले उक्त डिजिटल प्रविधिबाट रोग किरा नियन्त्रणका बारेमा समेत जानकारी पाउन सक्नेछन् । प्रविधिमा तरकारी, अन्न,फलफूल,माछा,पशुपालन सम्बन्धी समेत जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै तीन दिन भित्रको मौसमी विवरण जानकारी दिने तयारी समेत गरिएको छ ।

नगरप्रमुख टीकाराम खड्काले तुलसीपुर,सुर्खेत र बुटवलको तरकारी ,फूलफूलको बजार भाउको विवरण सहित राख्न सके यहाँका किसानहरुले उत्पादन गरेका वस्तुहरुको बिक्रि वितरणमा सहज हुने बताए । उनले डिजिटल प्रविधिमार्फत किसानहरुलाई कार्यक्रम नै आयोजना गरेर वितरण गरिने जानकारी दिए ।

कृषि शाखाका प्रमुख धनराज गौतमले अन्न धान,गहुँ,मकै अन्नबाली उत्पादन गर्ने किसानहरुलाई समेत जोडिने बताए । किसानहरुले खेतबारीको माटो परीक्षण गरेर मल प्रयोगका बारेमा समेत जानकारी पाउन सक्ने बताइएको छ । जिल्लामा पहिलो पटक तुलसीपुर उपमहानगरपालिमामा डिजिटल मेसिन राखिएको हो ।

 

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *