२०८१ जेष्ठ १३ गते आइतवार

मोटरसाइक दुर्घटनामा एक युवकको मृत्यु

तुलसीपुर, मंसिर २५ । पुलबाट मोटरसाइकलसहित खसेका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. २ स्थित बालिमखोलाको पुलबाट मोटरसाइकल संगै पुलमा खसेर यादब चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले अन्दाजी ३२ बर्षीय चौधरी राति नै मोटरसाइकलसहित पुलदेखि खसेको हुन सक्ने बताए ।

बिहान मात्रै स्थानीयले मोटरसाइकलसहित खोलामा खसेको ब्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डिएसपी चौधरीका अनुसार मृतक घोराही – ३ बर्गदवाका स्थानीय रहेको भन्ने खुलेको छ । घोराही–२ मुलाबारीबाट हाँसीपुर जाने सडख खण्डमा चौधरी दुर्घटनामा परेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *