२०८१ बैशाख १३ गते बिहिवार

सरकारले लगानी गरेअनुसार शिक्षामा प्रतिफल आएन ः प्रधानमन्त्री

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षामा समयानुकूल सुधार गर्दै जानुपर्ने बताएका छन्।

त्रिविको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै कुलपतिसमेत रहेका देउवाले सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित स्रोत र साधन उपलब्ध गराए पनि त्यसअनुसार प्रतिफल भने नदेखिएको बताए।

‘उच्च शिक्षामा समयानुकूल सुधार गर्नै जानुपर्छ। सरकारले आधारभूत तहदेखि उच्च शिक्षासम्म उचित साधन र स्रोत उपलब्ध गराएको छ। तर लगानीको तुलनामा शिक्षा क्षेत्रमा प्रतिफल आउन सकेको छैन,’ उनले भने।

विश्वविद्यालयहरूमा सैद्धान्तिक र औपचारिक शिक्षामा जोड दिइएकोमा अब व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिइनुपर्ने उनले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *