२०८१ जेष्ठ १६ गते बुधवार

लैंगिक हिंसा विरुद्धको अभियान

हाम्रो दैनिकी ढुंगा गिट्टि, वालुवा डोजर मात्रै हो र ! खोइ स्वास्थ्यमा बहस ?

दाङ,मङ्सिर २३। झिनो प्रतिनिधि मुलुक सहभागितामा ठुलो सभाहलमा ठुला इश्यु उठिरहेका थिए । सवैका इश्यु आंखा स्वास्थ्यसंग जोडिएका थिए ।

त्यहि बिचमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको एउटा अभिव्यक्ति थियो, सधै डोजर, लोडर, ढुंगा, गिट्टि वालुवा । हामीले स्वास्थ्यमा समृद्धि पाउने होइन र?, त्यता तर्फ पनि त हामी गम्भीर बनौं ।

हो,भुक्तभोगी उपप्रमुख द्धन्द्धपिडित महिला पनि हुन् । नेपाल नेत्रज्योती संघ दाङ राप्ती आंखा अस्पताल तुलसीपुरले विहिवार घोराहीमा आयोजना गरेको लैंगिकतामा आधारीत हिंसा रोकथाम तथा उत्तरदायित्व विषयक समिक्षात्मक बैठकमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले दिएको अभिव्यक्ति हो यो ।

उनले कार्यक्रममा भौतिक विकाशसंगसंगै मानव विकाशलाइ पनिसंगसंगै लगे मात्र मुलुकले समग्र विकाश र आर्थिक समृद्धि हासिल गर्न सक्ने पनि बताइन् ।

तर अहिले समग्र जिल्ला ढुंगा, गिट्टि, वालुवाको व्यवस्थापनको तनावमा छ । मानव स्वास्थ्य, मानव सभ्यता, शुसासन, पारदर्शिता लगायतका विषय न्युन प्रार्थमिकतामा छन्, अर्थात ओझेलमा परेका छन् । हरेक पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत अधिकांश कर्मचारीहरुलाइ समेत नदिजन्य पदार्थको व्यवस्थापनको चटारोले दिनरात सोचनीय बनाएको छ । अरु विषयमा वहश, छलफल र पैरवी गर्ने फुर्सद स्थानीय सरकारलाइ छैन ।

आफुहरुले लैगिक हिंसा विरुद्धको दिवस मनाइरहंदा छिमेकि जिल्लामा जिवन साथीको टाउको काटेर झोलामा हाली आफै प्रहरीकोमा पुग्नेहरुका विषयमा पनि चर्चा गरिन ।

नवजात शिसुलाइ स्तनपान गराइरहंदा सासुले चुल्ठो समाएर घिसारेका प्रशंग पनि उठाइन् । यसकालागी सवैभन्दा पहिले चेतनाको जागरण ल्याउनुपर्ने पनि उनको सुझाव थियो ।

खासमा राप्ती आंखा अस्पतालले अस्पतालमा आउने विरामीहरुमा पनि कहिकतै लैंगिक हिंसा पिडितहरु पनि हुने भएकाले यहि अभियानलाइ जोडेर यो कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल नेत्रज्योती संघ दाङका सचिव शुरेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मि तथा अधिकारकर्मि राधा पौडेलले अन्य सरकारी अस्पतालमा जस्तै राप्ती आंखा अस्पतालमा पनि लैंगिक हिंसामा आधारीत एक द्धार प्रणालि इकाइ स्थापना गरी हिंसा पिडितहरुको निशुल्क उपचारको व्यवस्थापन गर्न अस्पताल व्यवस्थापनलाइ सुझाव दिएकि थिइन् भने अर्का महिला अधिकारकर्मि लक्ष्मी आचार्यको अभिव्यक्ति पनि त्यस्तै थियो ।

कम्तिमा पनि हिंसा पिडित महिलाहरुलाइ निशुल्क उपचार दिन र काउन्शिलिङ गर्नकालागी अस्पतालले एउटा भिन्न इकाइ बनाउन पनि सुझाव दिइन् ।

महिला सेवा केन्द्रका अध्यक्ष कमला देउजाको भने भिन्न अभिव्यक्ति थियो । राप्तीमा यति ठुलो आंखा अस्पताल हुंदा पनि आफुहरुलाइ जलविन्दुको उपचार गर्न महंगो शुल्क खर्चेर राजधानी पुग्नु परेकाले यहि अस्पतालमै जलविन्दु उपचार सेवाको सुरुआत गर्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका महिला शेल प्रमुख प्रहरी निरिक्षक मीरा खड्काले लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियानलाइ सचेतना अभियानसंग जोड्न आफ्नो टिम अहोरात्र खटिरहेको बताइन् ।

कार्यक्रमको सुरुमै आफ्नो प्रस्तुती करणमा राप्ती आंखा अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत शम्सेर थापाले विश्व जनसंख्या कोषको तथ्यांकले महिलाहरुमा स्वास्थ्य उपचार सेवाको पहुच कम भएको देखाएपनि आफुहरुले सन्चालन गरेको अस्पतालमा भने उपचार सेवा लिनेमा महिलाहरुनै बढि भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

केहि बर्षदेखि हिंसा पिडित महिलाहरुलाइ पनि सुक्ष्म रुपमा अध्ययन र काउन्शिलिङ तथा सम्भव भएसम्म निशुल्क उपचार प्रदान गर्दै गएपछि महिलाहरु पनि आंखा उपचारको सेवामा उल्लेख्य रुपमा सहभागिता जनाउंदै आएको बताएका थिए ।

साथै उनले हाल सम्म राप्ती आंखा अस्पतालले ४ वटा विधामा सुपरस्पेशलिष्ट सेवा प्रदान गरेको भन्दै अर्को बर्ष संभवतः अर्को विशेषज्ञ सेवा थपिने पनिबताएका थिए ।

आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योती संघ दाङका सचिव शुरेन्द्र खड्काले आगामि बर्षदेखि जलविन्दुको उपचार सेवा प्रवाह गर्नकालागी अस्पताल व्यवस्थापन लागि परेको बताए ।

‘धेरै उपकरणहरु थप गर्नुपर्ने तथा थप विशेषज्ञ राख्नुपर्ने अवस्था छ, तर पनि हामी त्यसको व्यवस्थापनमा अहोरात्र खटिइरहेका छौं, खड्काले भने अर्को बर्ष हामीले राप्ती आंखा अस्पतालमा जलविन्दुको पनि उपचार सेवा थप्ने छौं ।

कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथिको मन्तव्य दिंदै चौधरीले राप्ती आंखा अस्पतालको स्तरबृद्धि र स्थानिय तथा प्रदेश सरकारको सहयोग जुटाउन आफुले व्यक्तिगत तथा संस्थागत रुपमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

उनले लैगिक हिंसाको निराकरणकालागी समान अवसर र सेवाको व्यवस्थापन गर्न पनि सवैलाइ आग्रह गरिन। ‘समान अवसर र समान सहभागिता भएमा मात्रै लैगिक हिंसाको अन्त हुने छ, त्यसमा मैले सवै क्षेत्रको साथ र सहयोगको अपेक्षा गरेकि छु’, प्रमुख अतिथि चौधरीले भनिन् ।

आर्थिक अभावमा उपचार गर्न नसकेका नागरीकहरुलाइ निशुल्क उपचारकालागी सहयोग गर्न आफुले दशवटै पालिकालाइ आग्रह गर्ने पनि प्रतिवद्धता जनाइन् ।

कार्यक्रमको सहजीकरण राप्ती आंखा अस्पतालका सुचना अधिकारी वालाराम खड्काले गरेका थिए ।

शनिबार लैंगिक हिंसा विरुद्धको सोह्र दिने अभियानको समापन हुंदै छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *