२०८१ असार ८ गते शुक्रवार

फेरि त्यस्तो दुर्घटना कहिलै कसैलाई नबल्झियोस

लिला शाह –

२०७८ मङसिर २२ को त्यो साँझ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान जारी रहेको समय । दिनभर दाङ लमही वडा नम्बर ८ सतबरीयाका महीलाहरु संगको भलाकुसारी पछि रात्रिबसमा काठमाडौं जाने निधो गरे । यात्राको लागि बसको टिकट भनि सकेको थिए । बस छुट्ने समय साझँको ६ बजेको थियो । पौने छ मा आउन ।

टिकट लिइ सकेकोले सिटको कुनै पीर चिन्ता थिएन । साझ पौने ६ बजे म बस काउन्टर पुगे । चिसो मौसम ,रात्रिकालिन यात्रा । यात्रा कस्तो हुने हो ? मनमा यस्तै यस्तै प्रश्नहरु केलाउदै घरदेखि प्रस्थान बिन्दु तर्फ लागे । बस काउन्टर भन्दा केही पर राजमार्गमा बस रोकीएको रहेछ । पुग्दो नपुग्दै एक जना बस स्टापले आज बस हाईवेमा छ त्यतै जानुस भने ।


उनकै निर्देशन बमोजिम बस भएको स्थान पूर्ब–पश्चिम राजमार्गको लमही हाईवेमा पुगे । बस त्यही रोकीएको थियो । दाङ–काठमाडौको यात्रा नौलो त होईन तर पनि यात्रा शुरु भएदेखि गन्तब्यमा नपुग्नुजेल यात्रा शुभ होस भन्ने चाहना हर यात्रुको हुन्छ ।
म बस भित्र प्रबेश गर्दा यात्रुरुहरु केहीले आफ्नो सिटमाथि सामानहरु सुरसक्षित गर्दे थिए । केही म जस्तै बसभित्र पस्ने तरखरमा थिए । सबै यात्रु चढेपछि यात्रा सुरु भयो ।


बसले बिस्तारै लमहीलाई छिचोल्यो । आफ्नै रफ्तारमा बस कुद्यो । गती क्रमिक रुपमा तेज हुँदै थियो । लमहीदेखि भालुबाङको दुरी २३ किलो मिटर छ । त्यो बीचमा यात्रुहरुलाई मिलाएर राख्दै थिए बस स्टाफ । यो बीचमा पर्ने सिसहनिया र भालुबाङ दुई वटा बस बिसौनीमा यात्रु चढे । बस अगाडी बढ्यो । केही छिटफुट यात्रुहरु बिच बाटोबाट पनि चढे । सिसहनियाको बस बिसाउनीबाट साथी शुसिला चौधरीपनि चढिन । उनको आगमनले मनले थप सजिलो महशुस ग¥यो ।


रात्रिबसको यात्रा त्यति सहज लाग्दैन महिलालाई । तर कयौं पटक यात्रा भने नगरेको होइन । बसले दाङको सीमानापनि पार ग¥यो । ठाँउ ठाउमा यात्रु चढ्ने र ओर्लने क्रम जारी नै थियो । पुर्ब–पश्चिम राजमार्गमा एक त संधै जसो मोटर गाडीहरुको लस्कर रहने ।


गाडीहरुको लाइटको उज्यालोले अँध्यारो रातलाईपनि झलमल्ल उज्यालो पारिदिन्थ्यो । म झ्याल मै थिए । जसै रात बढ्दै गयो बसको गतिपनि सोही अनुरुप बढ्दै थियो । बुटवलदेखि नारायणघाट सम्मको सडकखण्ड निमाणाधिन अबस्थामा छ । त्यसैले धुलाम्मे हुने नै भयो । खल्डा खुल्डी उत्तिकै । जिर्ण सडकको कुरा गरेरै साध्य छैन ।


ठाउँ ठाउँमा खनिएको सडक, भत्किएको सडक– गनेर नसकिने खाल्डा खुल्डी । उफ कति पट्यार लाग्दो र जटिल यात्रा ।
जिर्ण सडककै कारण बसले कति पीडा खेप्यो होला ? त्यसको लेखा जोखा थिएन । सडकको अवस्थाकै कारण बसले आफ्नो लय – शान्त पूर्वक सल्लल… बग्न खासै सकेको थिएन । बसका टायरहरु खाल्डा जोगाउन वा डाइभर्सनका कारण यता उता गर्दा मोडिदा मन त्यसै त्यसै झस्किरहन्थ्यो । कति माया लाग्दो रहेछ–बाबै मरेर जाने चोलाको ? मन मनै मैले धेरै ठाउँमा भगवानको नाम जपे । आफ्ना सञ्तान, श्रीमान र आफन्त संझिन्थे म बसले झोलहरु मार्दा ।


के गर्नु चाहेरपनि मैले केही गर्न सक्ने अवस्था थिएन । अर्काको भर नै थियो । खुट्टा अर्कैका । न त आफ्नो हातमा स्टेरिङ नै थियो । राम भरोसामा यात्रा गर्नुको विकल्प थिएन । त्यस्तै सुरक्षित यात्राको कामना गर्दे गर्दा कति बेला आँखा झिपिक्कै लागे छ । गाडीको चालमा निदरिले छोपेको पत्तै पाइन । भन्छन् निन्द्रा कालको दोस्रो रुप हो रे ? सायद म पनि त्यस्तै गहिरो निद्रामा डुबेकी थिए सायद । बसले आफ्नो लिक छोडेर दुई बल्ड्याङ खाइ सकेपछि मेरो आँखा खुले । जतिखेर म सवार बस बारीमा सिरानी लगाइ सकेको रहेछ ।


तैपनि म भने सपना मै छु जस्तो लागि रहेको थियो । सगै सिटमा यात्रारत बैनी शुसिला चौधरीको ऐया …दिदी मरे … दिदी उठ्नुस न … दिदी उठ्नुस… उठ्नुसको आवाज कानमा ठोक्किएपछि म झसंग भए । बिहानको पौने तीन बजेको समय थियो त्यो ।

कानमा ठोक्कीएको त्यो ऐया…को आवाजले मेरा आँखा खुले । हामी दुई बसको सिटमुनी पुगि सकेका रहेछौं । म बिउँझिदा उठ्न खोजे । तर, शरिर हलचल बनाउन सकिन । जसो तसो टाउको घुमाएर वारीपारी नियाले । बस कोल्टे (कोखे परेको) मैले देखे । कोल्टिएको बसको सीट वरीपरी सामान छरपष्ट ।


कसैका जुत्ताचप्पल कसैको मोबाईल फोन र कसैका आफन्तलाई दिएका कोशेलीका पोका पन्तुरा यत्रतत्र छरप्रष्ट थिए । बस र्दुघटनामा परेको बल्ल मैले थाहा पाएकी थिए । मनमा डरको ढ्याँग्रो बज्न थाल्यो । मन भारी भयो । बसका अन्य यात्रुहरु बाहिर निस्की सकेका थिए । चार नम्बरको सिटको छेउ भागमा थिए म । त्यही नजिकको क्याबिन सगै जोडिएको बसको छतमा रहेको एक डिब्बा जस्तो भाग खोलेर अन्य यात्रु साघुरो भागबाट बाहीर निस्कीसकेका रहेछन ।

हामी दुई बैनी भने त्यति बेलासम्म बसको सिट मुनि नै थियौं । अन्य यात्रुले सघाए । उनीहरुको सहयोगले हामी दुई बहिनी पनि बस बाहीर निस्कन सफल भयौं । बस तरकारी रोपेको बारी मा पल्टिएको रहेछ । बिहानी पखको सिरेटो र त्यसमा खुट्टाको जुत्ता कहाँ थिए कुनै अत्तोपत्तो थिएन ।


झोला झिम्टीको झनै अत्तोपत्तो हुने कुरै थिएन । बाहिर निस्केर बसको अबस्था देख्दा झनै डर लाग्यो । ठूलै भूँईचालो गए जस्तो भान भयो । जिउ भरी काँडा उर्मिए । शरिर लगलग काँप्न थाल्यो । बस दूर्घटनामा परेको थाहा पाएर केही गाउलेहरु पनि आए । प्रहरी आए । मसहित सात जना सामान्य घाइते थियौ । केहीलाई उपचारको लागि प्रहरीले भ्यानमा चितवन तर्फ लग्यो ।


बैनी शुसिलाको ओठबाट रगत बगिरहेको थियो । तर, हामी पुनः अर्कौ गाडी चढ्यौं र काठमाडौं तर्फ लाग्यौ । यात्रामा कतै चैन भएन । आँखा झिपिक्कै गरिन । स्वास छँदासम्मको आश । जब बसले कलंकी पु¥यायो अनि बल्ल त्रासले भरिउको मनमा शान्ति मिल्यो ।


मंसिर २२ गते घटना भएको ठिक बर्ष दिन पुग्यो । तर, आजपनि त्यो दुर्घटना संझदा मन भरी काँडा उमिन्छन् । मुटुमा डरले डेरा जमाउँछ । आजपनि भाग्यले गर्दा बाँचियो भन्ने लागि रहन्छ । फेरि त्यस्तो दुर्घटना कहिलै कसैलाई नबल्झियोस भन्ने कामना गरि रहन्छु ।


बस देख्यो कि, सोही घटना सिल बनेर आँखामा नाचि रहन्छ । दुर्घटनाको प्रमुख कारणहरु मध्य सडकको अवस्था, यान्त्रिक कारण र चालक तथा मानविय कारणलाई मान्ने गरिन्छ । हाम्रो परिवेशनमा जिर्ण सडक दुर्घटनाका मुख्य कारण मान्ने गरिन्छ । पुराना र थोत्रा गाडीपनि दुर्घटनाका कारणहरु हुन ।

त्यस्तै मदिरा सेवन गरि सवारी चलाउनु , लामो समयसम्म एउटै चालकले चलाउनु जस्ता कारणहरु दुर्घटनाका मुख्य कारण हुन । यस्ता कुराहरुलाई सम्बन्धित सरोकारवाला सबैले बिशेष ध्यान दिन आवश्यक छ । त्यति गरेमा सवारी दुर्घटना न्यूनिकरण गर्न संभव हुने छ । अकालका कसैले ज्यान जोगाउनु पर्ने छैन । मृतकका आफन्त पीडामा बाँच्नु पर्ने थिएन । दुर्घटनाका घाइतेले अरुमा आस्रित अपाङ जीवन बिताउनु पर्ने थिएन ।


हेर्दा सामान्य लाग्ने तर मानिसको बाच्न पाउने अधिकार सग प्रत्यक्ष जोडिएको यातायात क्षेत्र र दैनिक जसो हुने र्दुघटनाका खबरले राज्यको मन किन दुख्दैन होला ? कम्तीमा ब्यबस्थित यातायात क्षेत्रका लागि गतिलो सडक पूर्बाधार र भएका कानुनको ब्यबहारिक कार्यान्वयन हुन सकेमात्र पनि कति धेरैको ज्यान सुरक्षित हुन्थे होला ।


र्दुघटना बाट हुने आर्थिक र भौतिक क्षेति मात्र होईन र्दुघटनाका कारण पीडितको परिवारमा रहेका अन्य सदस्यहरुमा पर्ने मानसिक असरको जिम्मा कस्ले लिने ? यो गम्भीर सवाल बनेको छ । यातायात ब्यबसायि महासघका सल्लाहकार शुरेस हमालका अनुसार अहिले देशभर करिब सात लाख बढी यातायातका साधनहरु सचालनमा छन । यातायातको चाप बढेपनि सडकको अबस्था पुरानै छ । नगन्य यातायातका साधन ओहोर दोहोर गर्ने सडकमा अहिले कमिलाको ताती जस्तै यातायातको साधन सचालन हुदा दूर्घटनाको जोखिम थप बढेको हो ।


कुनै पनि दुर्घटना अनुभव लिने विषय होइन। तसर्थ दुर्घटना हुनुभन्दा अगाडि नै सुरक्षित यात्राका लागि समयमै सोच्न सजग रहन अति जरुरी छ । लापरबाही गर्ने चालकलाई दन्डितत गर्न जरुरी छ । नेपालमा यातायात सचालन भएको ईतिहास त्यती लामो छैन । २०३६ सालमा नेपालमा यातायात महासघ स्थापना भएको इतिहास छ । तर, त्यो भन्दा पहिलादेखि नै यातायातका साधन सचालनमा आएका थिए । यातायात व्यवस्थापनको कार्य गर्नका लागि २०४१ मा यातायात व्यवस्था विभागको स्थापना भएको हो ।


सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नीतिगत व्यवस्था वमोजिम मानिसको आवागमन र वस्तुहरुको ओसार पसारको लागि सुरक्षित, भरपर्दौ र सुलभ यातायात सेवा उपलब्ध गराउने उदेश्य राखिएको छ ।

तर उदेश्य अनुरुप गठन भएका सम्बन्धित बिभागहरुले नागरिकको सुरक्षित यात्राको लागि कहिले ध्यान दिने होलान ।
लामो दुरीका सवारी साधन चलाउने चालकहरुका लागी पुर्ब पश्चिम राजमार्गको मध्यभागमा पर्ने नवलपरासिमै बनेको देशको ठूलो भनिएको रिफ्रेस सेन्टर छ । राजमार्गका अन्य स्थानहरुमा बनेका रिफ्रेस सेन्टरहरु पनि छन।

यातायात क्षेत्रका लागी कानुन नभएर भन्दापनि भएका कानुनको ब्यबहारिक प्रयोग नभएका कारण यातायात क्षेत्र दिन प्रतिदिन अस्त ब्यबस्त बन्दै गएको छ । यात्रुले सुरक्षित यात्राको लागि प्रचलित ऐन नियम अनुसारको कर तिरेरै यात्रा गर्छन । राज्यले सडक कर लिएकै हुन्छ । तर, कर तिर्ने यात्रुले सुरक्षित यात्राको अनुभुति गर्न पाउने कि नपाउने ?

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *