२०८१ चैत्र १४ गते बिहिवार

चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको सवारीसाधन दुर्घटनामा मृत्यु


काठमाडौं,मंसिर ६ । चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा आएका उनी मंगलबार विहान काठमाडौं फर्कदै थिए ।

५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उनको मृत्यु भएको हो ।

माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार गरिएको थियो ।

३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।

चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् ।

पछिल्लो समय दलितका मुद्दाहरुमा उनी सक्रिय भएर काम गरिरहेका थिए।

.

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *