२०८२ मङ्सिर २४ गते बुधवार

रोल्पामा पिर्काले हानेर छोराले गरे बुबाको हत्या

रोल्पा ,कात्तिक २१ । रोल्पामा घरायसी विवादमा छोराले बुबाको हत्या गरेका छन् ।

त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन् ।

आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए ।

काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएको थियो । सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *