२०८२ असार ५ गते शुक्रवार

आलोचनाबाट जोगिन उपमेयर श्यानीले एयरपोर्टको झारमा ग्रेडर चलाइन


तुलसीपुर, असोज १२ । तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर श्यानी चौधरीले आलोचनाबाट जोगिन एयरपोर्ट भित्रैको झार, झाडी सफा गर्न ग्रेडर चलाएकी छन् ।

उनले असोज ५ गते ६ गतेदेखि नै दाङ एयरपोर्टको धावन मार्ग बिस्तार गर्नका लागि डोजर चलाउने दाबी गरेकी थिइन । तर, उनले भने अनुसार काम नभएपछि उनको आलोचना सुरु हुन थालेको थियो ।

त्यसबाट जोगिन बुधबार बिहान उनी ग्रेडर लगेर एयरपोर्ट प्रबेश द्धारको टर्मिनल भवन तथा टावर आसपासमा ग्रेडरसहित झार जंगल र झाडी सफा गर्न गएकी थिइन ।

दशैंको बिदा हुन दुई दिन मात्रै बाँकी छँदा आलोचनाबाट जोगिन चौधरीले तुलसीपुर – १२ स्थित टरिगाउँ एयरपोर्ट भित्रैको झाडी र झार जंगल सफा गर्न उपमहानगरपालिकाको ग्रेडर उनले प्रयोग गरेकी छन् ।

यद्यपी उनले कागजी काम र ब्यबहारिक काम संगसंगै भइरहेको हुँदा एयरपोर्ट बिस्तारको लागि सबैको साथ सहयोग मिलिरहेको दाबी गर्न भने छोडिनन् ।

यसअघि उनले आँफुलाई एयरपोर्ट निर्माणको जिम्मेवारी दिए ६ महिना भित्रै एयरपोर्ट बिस्तार गरेर देखाइदिने सार्वजनिक रुपमै दाबी गर्दै आएकी थिइन ।

असोज ६ गते तुलसीपुर एयरपोर्ट भित्रै पर्यटन मन्त्री जीवराम श्रेष्ठ, सहरी विकास मन्त्री मेटमणि चौधरी र श्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी उपस्थित कार्यक्रममा त झनै उनले ३ महिना भित्रै आँफुले एयरपोर्ट बिस्तार गरि ठूला प्लेन अबतरण गराइ दिने दाबी गरेकी थिइन ।

तुलसीपुरका तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले एयरपोर्ट भित्रको धावन मार्ग वरिपरी घाँसमा डोजर चलाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए । धावन मार्ग बिस्तार गर्नको लागि तरुण सामुदायिक वनसंग सहमति कायम गरि त्यहाँ डोजर चलाउन सक्नु पर्ने उनले बताए ।

उक्त सामुदायिक वन भित्रका रुख काट्नुका साथै त्यहाँको चिरो पुरेपछि मात्रै एयरपोर्ट बिस्ताका लागि जग्गा उपलब्ध हुन सक्ने उनले स्पष्ट पारे ।

दाङ एयरपोर्टका प्रमुख गणेश आचार्यले नागरिक उड्यन प्राधिकरणको अनुमति बिना एयरपोर्ट भित्रका संरचना कसैले पनि चलाउने नपाउने बताए ।


असोज ५ गते तुलसीपुर उपमहानगरपालिकाको सभाकक्षामा एयरपोर्टको धावन मार्ग बिस्तार बारे बृहत छलफलको आयोजना गरिएको थियो । त्यही छलफलले उपमेयरको चाहाना बमोजिम उनलाई टरिगाउँ एयरपोर्ट सहयोग समितिको संयोजक तोकिएको थियो ।

संयोजक तोकिए लगतै श्यानीले असोज ६ गतेदेखि नै डोजेर लगेर आँफु धावन मार्ग बिस्तारका लागि जाने बचन दिएकी थिइन ।

त्यो खबर सार्वजनिक भएको दोस्रो दिन असोज ६ गते यही क्षेत्र (दाङको निर्वाचन क्षेत्र नं. ३) बाट निर्वाचित स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको पहलमा, दाङ क्षेत्र नं. १ बाट निर्वाचित सहरी विकास मन्त्री मेटमणि चौधरी र पर्यटन मन्त्री जीवनराम श्रेष्ठ असोज ६ गते बिहानै टरिगाउँ एयरपोर्टमै आएर कार्यक्रम गरेका थिए ।

उनीहरुले ७२ सिटे प्लेन अवतरण गर्न सक्ने गरि टरिगाउँ एयपोर्टको धावन मार्ग बिस्तार गरिने आश्वासन बाँडेका थिए । दशैं पछि डिटेल सर्भेको काम हुने दाबी गरेका थिए ।

लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री रहेको समयमा २०६५ सालतिर टरिगाउँ एयरपोर्टको धावन मार्ग कालोपत्रे गरिएको थियो ।

लम्बाई ७५० र चौडाइ ३० मिटरको धावन मार्ग भएका कारण यहाँ साना १९ सिटे बिमान मात्रै अबतरण गर्न सक्छन् । टरिगाउँ एयरपोर्ट २०११ सालदेखि संचालनमा आएको इतिहास छ ।

तस्बिर : फरककोण

यो पनि पढ्नुहोस ।

स्यानी चौधरीको अग्नि परिक्षा सुरु

,आफ्नै निर्णयबाट पछि हटिन ‘स्यानी’

भने अनुसार डोजरसहित एयरपोर्टमा जान सकिनन् उपमेयर श्यानी

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *