२०८२ असार ७ गते आइतवार

काँग्रेसले दाङ ३ (ख) मा प्रत्यक्ष तर्फ शंकर डाँगीको नाम एक नम्बरमा सिफारिस

तुलसीपुर ,भदौ १८ । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) दाङले प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको छ ।

काँग्रेस प्रदेशसभा क्षेत्र कार्यसमितिले प्रतिनिधिसभा क्षेत्र नम्बर ३ (ख)का लागि संभावित नामहरु सिफारिस गरेको प्रदेश सभापति खिमबहादुर वलीले जानकारी दिए ।

जस्मा प्रत्यक्षतर्फ एक नम्बरमा जिल्ला पार्टी सभापति शंकरप्रशाद डाँगीको नाम सिफारिस गरिएको छ । त्यसपछि क्रमश नेता केशबराज आचार्य, नेपाल तरुण दल दाङका अध्यक्ष टीकाराम घर्ती, नेताहरु खिमप्रशाद खराल, होमप्रकाश गौतम, सुबोध डाँगी र चुडामणि ढकालको नाम सिफारिस गरिएको छ ।
यो निर्वाचन क्षेत्रबाट समानुपातिकमा पुरुषतर्फ दाङ निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको नाम एक नम्बरमा सिफारिसमा परेको छ । त्यसपछि क्रमश नेताहरु महादेब शाह,भरतबहादुर केसी र मधु चौधरीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै महिलातर्फ समानुपातिकमा नेतृहरु मिथिला शाह, पदमा चौधरी, पार्वती पुन, कुन्ती डिसी भण्डारी र तारा भण्डारीके नाम सिफारिस गरिएको क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *