२०८२ असार ७ गते आइतवार

चोक–चोकमा व्यापार गर्दै डिभाइन टेम्पलका विद्यार्थी

तुलसीपुर,साउन २१ । शुक्रवार दिउँसोको ३ बज्दै थियो । तुलसीपुरको विभिन्नचोकहरुमा कुनैमा लस्सी,चिया व्यापार,कुनैमा शैक्षिक सामाग्री र कुनैमा फलफुल,सलादकोव्यापार गरेको देख्न सकिन्थ्यो ।

त्यहाँ कसैले ग्राहक बोलाउन व्यस्त थिए त कसैले हिसाबगरि रहेका थिए भने कसैले बढ्दो कोरोना संक्रमणबाट बच्नका लागि ग्राहकहरुलाई मास्कवितरण गरिरहेका थिए । ति सबै कुनै वास्तविक ब्यापारी भने थिएनन् ।

उनीहरु तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकाडेमीका व्यवस्थापन सकांयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरु थिए। जो पढाईसँगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको व्यवसाय गरिरहेका थिए।

२०६५ सालबाट सञ्चालनमा आएको डिभाइन टेम्पल एकाडेमीले सुरुवातीबाट नै आफ्नोविद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको विद्यालयका संस्थापकनिर्देशक भोजराज न्यौपानेले बताउछन ।

उनका अनुसार विद्यालयको पढाईले मात्रवास्तविक जिवनमा भोगिने कुराहरूलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता खालकाकाम गरी भावी दिनहरुमा विद्यार्थीहरुलाई साना उद्योगहरु सञ्चालन गर्न मद्धत पु¥याउनु नै मुख्य उद्देश्य हो ।

उक्त क्रियाकलापमा कक्षा१२ का व्यवस्थापन सङ्कायमा अध्ययनरत ८० जना मध्ये ५० जना विद्यार्थीहरू यो सहभागीता थियो ।

विद्यार्थीले आफ्नै लगानीमा यो व्यवसाय सञ्चालन गरेको र जसबाट आएको फाइदा रकम कुनैसामाजिक कार्यमा लगाउने विद्यार्थी कृपा क्षेत्री बताइन । उनले आफुहरुले बनाएको लस्सी ग्राहकहरुले मन पराएको र प्रसंसा गरेको पनि बताइन ।

विद्यालयका लेखा विषयका शिक्षकभुवनेश्वर अधिकारीले विद्यार्थीलाई मार्केटिङसगँसगै हिसावमा पनि अब्बल बनाउने मुख्य उद्देश्य रहेको बताए ।

पढाइपछि भविष्यमा सबै विद्यार्थीहरू केही न केही व्यापार व्यवसायमालाग्ने भएको हुँदा नाफा घाटा कसरी हुन्छ ? लगानी कसरी गर्ने ? कसरी सफलताप्राप्त गर्ने ? भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी होस भनी यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले बताउँछन ।

प्लस टु सकिएपछि व्यापार गर्न चाहाने विद्यार्थीहरुको गुप्र बनाएर साना खालका उद्योगहरु सञ्चालन गर्ने गरि सिकाईलाई अगाडी बढाएको न्यौपानेको भनाई छ ।

विद्यार्थीहरुकै पसलमा लस्सी खान पुगेका तुलसीपुरका युवा उद्यमी दिपक काफ्लेले पनि विद्यार्थीहरुको व्यवसाय गर्ने कला र उनीहरुको काम प्रति निकै उत्साहित भएको बताए ।

विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको आवश्यकता रहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यार्थीहरुले तुलसीपुरको घोराही चोकमा शैक्षिक व्यापार,बाहिनि चोकमा चिया,कफि,लस्सी र मदनआश्रित चोकमा फलफुल र सलादको ब्यापार थापेका थिए ।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *