२०७७ मङ्सिर १८ गते बिहिवार

अघिल्लो सरकारले बंग्याएको स्टेरिङ सोझ्याउन अहिले मुस्किल परिरहेको छ – कोमल वली

अघिल्लो सरकारले बंग्याएको स्टेरिङ ठाउँमा ल्याउन अहिलेको सरकारलाई मुस्किल परिरहेको राष्ट्रियसभा सदस्य कोमल वलीले बताएकी छन्।

शनिबार तुलसीपुरमा सम्बोधन गर्दै गत निर्वाचनको समयमा राप्रपा त्यागेर एमालेमा प्रवेश गरेकी नेतृ वलीले अघिल्लो सरकारले गाडी रूपी देशको स्टेरिङ र सबै पाटपूर्जा बिगारेर काम नलाग्ने बनाएको आरोप लगाइन्।

पूर्व पत्रकार तथा चर्चित लोकदोहोरी गायिका समेत रहेकी वलीले दाङ प्रदेश राजधानी हुन नसक्नुको कारण पनि अघिल्लो सरकारकै गल्ती भएको औंल्याइन्।

उनले दाङको क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्व एमाले नेता तथा ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदसँग राजधानी साटेको भन्ने हल्ला गलत भएको भन्दै बचाउन गरेकी थिइन्।

प्रकाशित मिति : २०७५ असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *