तुलसीपुर,बैशाख ८ । तुलसीपुर उपमहानगरपालिका वडा न. १० मा मनोविमर्श केन्द्रको संस्थागत दिगोेपनाको लागि छलफल तथा वार्षीक समिक्षा कार्यक्रम भएको छ ।
बिहिवार तुलसीपुर–१० को आयोजना तथा महिला पुनस्र्थापना केन्द्र (ओरेक) दाङको साझेदारीमा उक्त कार्यक्रम भएको हो ।
त्यस अवसरमा बोल्दै ओरेक दाङका जिल्ला संयोजक इश्वरी थापाले ओरेकले बिगत १६ बर्ष देखि दाङ जिल्लामा ३ वटा अभियान आर्थिक, सामाजिक,सास्कृतिक अधिकार,महिला हिंसा विरुद्धको अभियानमा काम गदैै आएको बताइन ।
यस अवधिमा विभिन्न सवालगत मुद्दाहरुमा स्थानिय निकाय तथा संरचनाहरुमा समन्वय तथा सहकार्य गरि कामहरु गरिरहेको उनको भनाई छ ।
तुलसीपुर उपमाहानगरपालिका वडा न १० र ओेरेक नेपालको साझेदारी कार्यक्रमको लागि सम्झौता भइ मनोविमर्श केन्द्र संचालन गरेको र त्यस पश्चात लैंगिक प्रभावित तथा विभिन्न समस्याबाट तनाबमा रहेका ३१ जना सेवाग्रहीहरुलाई मनोविमर्श प्रदान गरिएको बताइन ।
उनका अनुसार यसमध्ये ६ वटा महिला हिंसाको केश ईलाका प्रहरी तथा वडा कार्यलयमा प्रेशन गरी समस्याको समाधान गरिएको छ ।
त्यस्तै २ जना कडा मानसिक समस्या भएको सेवा ग्राहीलाई उपचारको लागी प्रेशन गरी हाल औषधि प्रयोग गरिरहेको र वडा कार्यालयको सहयोगमा एकजना किशोरलाई नागरिकता प्रदान गरिएको छ ।
उनले वितेको १ वर्षमा लैगिंक समानता तथा महिला हिंसा विरुद्धका विद्यमान राष्ट्रिय तथा अंन्तर्राष्ट्रिय कानूनको वारेमा जानकारी प्रदान गरि जनचेतना मुलक कार्यक्रम संचालन गर्ने,लैगिक विभेदका कारण पीडित प्रभावित अधिकांश महिला किशोरीहरु आफन्त, छिमेकी वा अन्य जो–कोहीबाट हिंसामा परेमा सहजै न्यायिक समिती तथा प्रहरीमा उजुरी गर्ने वातावरण तयार गर्न मुख्य उद्देश्यले कार्यक्रमहरु गरेको बताइन ।
तर आर्थिक अवस्था कमजोर भएको र मनोसामाजिक समस्या जटिल भएका सेवागा्रीहरुलाई प्रेशन गर्ने ठाउँको ब्यवस्था नहुँदा हिंसाका घटनालाई वाहिर ल्याउदा महिलाले थप हिंसाबाट पिडित बन्नुपर्ने,वालविवाहलाइ कानुनी रुपमा कारवाही गर्न नसकेको अवस्था रहेको उनले बताइन ।
अझैपनि युवा र वालवाललिकाहरु लागु औषध दुरब्र्यसनमा आकर्षण भएको अवस्था,बैदेशीक रोजगारमा गएका महिला र बैदेशिक रोजगारमा रहेका पुरुषको श्रीमतिहरुलाइ हेर्ने दृष्टिकोणको कारणले घरेलु हिंसा र परिवारमा मनोसामाजिक समस्या वढिरहेको र साझेदारी परियोजना अन्र्तगत काम गर्दा स्थानीय सरकारको नेपाली आर्थिक वर्ष र संस्था अग्रेजी वर्ष अनुसार काम गर्नुपर्ने भएकोले समस्या भएको संयोजक थापाले बताइन ।
त्यस्तै उनले वडामा तरकारी उत्पादन भएता पनि हाटवजार ब्यवस्थापनको समस्या,रासायनिक विषादी न्युनीकरण गर्न समस्या,नया–नया प्रविधिको ज्ञान नभएको कारणले सघं जैविक खेती गर्न समस्या,बजारीकरणमा एक रुपता नभएको कारणले कृषि ब्यवसायीकरणमा प्रतिस्प्रर्धा गर्न नसक्नु जस्ता थुप्रै चुनौतीहरु थपिएको बताइन ।
साथै उनले स्थानीय तहहरुलाई लैंगिक मैत्री बनाउनको लागि काम गर्नुपर्ने,आगामी बर्ष साझेदारीमा काम गर्नको लागि समन्वय गनुपर्ने,लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयनको लागि पहल गनुपर्ने,गतवर्ष सम्पन्न कार्यक्रमको अनुगमन तथा भेटघाट गर्नु पर्ने,मनोबिमर्श केन्दलाई दिगोपनाको लागि छलफल तथा योजना बनाउनु पर्ने लगाएतका आगामी योजनाहरु रहेको पनि जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिका वडा न. १० का वडाध्यक्ष कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य प्रलाहद शाह,वडाका मेलमिलाप संयोजक पोषणराज गौतम,जनजागृत मावीका प्रअ महेश न्यौपाने,उपमेयर अल्पकालिन सुरक्षा आवासका ज्ञानु केसी,अस्थायी प्रहरी पोष्ट जसपुरका जसपुरका बिरबहादुर भण्डारी लगाएतले वडामा मनोविमर्श केन्द्र स्थापना भएसगै पछिल्लो समय आत्महत्याका घटनामा कमी आएको र हिंसा प्रभावित महिलाहरुलाई सुरक्षित जीवनयापनमा सहयोग पुगेको बताए ।
वडा सचिव कर्ण बहादुर हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम संयोजक कल्पना चौधरीले गरेकी थिइन ।