२०८३ असार २८ गते आइतवार

घोराही ४ मा शान्ति पुर्नस्थापना तालिम

घोराही, बैशाख ८ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा ३ दिने शान्ति पुर्नस्थापना तालिम सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी तीन दिने शान्ति पुर्नस्थापना तालिम सम्पन्न भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीको अध्यक्षता एवं वडा अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सार्कीले मानिसमा रहेको मानसिक समस्या कम गर्नकालागी सहज बनाउने बताए । नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामो समयदेखी शान्ति र मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखीकाम गर्दै आएकाले वडा कार्यालयले केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको उनको भनाई थियो ।

अशान्त भएको मनलाई केही मात्रामा भएपनि शान्त पार्नका लागि वडावाट बजेट छुटयाएर तालिम दिएको उनले बताए । आउदाको दिनको मुहार र जादाको दिनको मुहारमा धेरै परिवर्तन देख्दा म खुसी भएको छु ।

तालिममा सिकेको विषयलाई व्यवहारमा लागु गर्नुपर्ने उनको भनाई थियो । ‘तालिममा सिकेको कुरालाई आफनो जिवनमा लागु गर्नुहुनेछ र परिवार समाजमा पनि सिकाउनुहुनेछ भन्ने आशा गरेको छु ।’ सार्कीले भने– ‘शारिरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यमा पनि हामी गम्भीर बन्न आवश्यक छ ।’

तालिमको प्रशीक्षकमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल र गीता वली रहेका थिए । कार्यक्रममा वडा सदस्यहरु लीला गोतामे, रचनी चौधरी, बसन्ता पाण्डे, रुपनी चौधरी, साधना चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सहजिकरण प्रशासनिक सहायक सरस्वती चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *