२०८२ जेष्ठ ११ गते शुक्रवार

ब्यारेकमा गोली लागेकी महिला सैनिक जवानको मृत्यु

बुटवल,बैशाख ८ । कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।

गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् ।

गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको सेनाले जनाएको छ ।

काठमाडौँ लैजाने तयारी भैरहेको बेला उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *