२०८३ असार २८ गते आइतवार

डब्लुएचओका महानिर्देशक वैशाख ८ गते नेपाल आउने

काठमाडौं, वैशाख २ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।

स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।

उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *