बिजौरी वैशाख २। नयाँ पाइला पुर्नस्थापना केन्द्रको आयोजनामा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका सल्लाहकार सुष्मा गिरी लामिछानेको अध्यक्षता एवम महेन्द्र बहमुखी क्याम्पसका उपप्राध्यापक तथा सकारात्मक सोच समूह दाङका संयोजक सुन्दर गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दुर्घटनाबाट घाइते पत्रकार आजाद खडकाको उपचारार्थ संस्थागत पन्ध्र हजार एक सय सहयोग गरिएको थियो ।
सहयोग रकम पत्रकार दीपक बोहोरालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दर गौतमले दुव्र्यशनीरहित समाज निर्माणका लागि परिवार,समाज, राज्य सबैको भूमिका रहने बताए ।
उनले उपचारार्थीहरुलाई म सक्छु, म गर्छु भन्ने अठोट लिन आग्रह गरे ।
कार्यक्रममा घोराहीका कारगार प्रमुख वासुदेव खनाल, त्रिभुवननगर जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतम,पूर्व अध्यक्ष जीवा भुसाल,पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र अध्यक्ष डिल्लीबहादुर रावत,संस्थाका सल्लाहकार सुनीलकुमार पोखरेल,स्वास्थ्यकर्मी यज्ञ केसी, लेखराज शर्मा,संस्थाका प्रशिक्षक डिल्ली बस्नेत संगीत, दलित पत्रकार संघ दाङका अध्यक्ष वसन्त परियाललगातका वक्ताहरुले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका कार्य समिति सदस्य राकेश बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए ।