२०८० चैत्र १६ गते शुक्रवार

तुलसिपुर नगर स्तरिय फूटसल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत,
माघ १६ । दाङको तुलसीपुरमा बुधवारदेखि नगर स्तरिय फूटसल प्रतियोगिता २०७५ सुरु भएको छ । यूनाइटेड यूथ क्लब तुलसीपुर ५ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन बुधबार तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवनकुमार योगीले गरेका हुन ।

तुलसीपुर क्षेत्रमा युवाहरुको बीचमा लोकपृय बन्दै गएको फूटसल खेलप्रति आकर्षण बढाउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताले यूवाहरुलाई उत्साहित बनाएको ईञ्जिनियर योगीले बताएका छन् ।

आयोजक क्लबका अध्यक्ष अमृत बुढामगरको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रमलाई दाङ जिल्ला फुटबल सघका अध्यक्ष सुशील श्रेष्ठ, ज्ञानज्योती फाउन्डेसन प्रवन्ध निर्देशक सुरेन्द्र जिसी लगातएले सम्वोधन गर्दै फूटसल प्रतिको बढ्दो क्रेज अनुसार अव कर्वडहल निर्माण गर्न आवश्यक रहेको बताएका थिए । बिहीवारसम्म चल्ने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १० टिमको बीचमा प्रतिपर्धा हुने छ ।

उद्घाटन खेलमा यूनाईटेड विजयी
उद्घाटन खेलमा आयोजक यूनाईटेड युथ क्लब तुलसीपुरले विजयी सुरुवात गरेको छ । सक्सेस फूटबल क्लब तुलसीपुरलाई सुन्यका विरुद्ध ४ गोलको अन्तरले पराजीत गर्दै युनाईटेडले विजयी सुरुवात गरेको हो । खेलमा अभिशेष वली, भुपेश डाँगी र सन्तोष रावतले समान १÷१ गोल गरेका हुन ।

यूनाईटेड युथ क्लबका स्ट्राइकर अभिशेष वली । फोटो : राजेश खत्री

फूटसलको उपाधी चुम्ने टिमले नगद २० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता टिमले नगद ८ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने खेल सयोजक अभिशेष वलीले बताए । कार्यक्रमको सहजीकरण केशव चौधरी (मिग्मा)ले गरेका हुन ।

प्रकाशित मिति : २०७५ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *