२०८२ जेष्ठ ४ गते शुक्रवार

कांग्रेसले लोकतन्त्र दिवसका दिन घोषणापत्र सार्वजनिक गर्ने

काठमाण्डौ,चैत २४ । सत्तारुढ नेपाली कांग्रेसले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

बिहीबार बसेको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको बैठकले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो। स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ।

महामन्त्री गगनकुमार थापा नेतृत्वको समितिले पहिला सानो टिम बनाएर छलफल गरेर समेट्नुपर्ने विषय संकलन गर्ने र त्यसपछि सबै मस्यौदा एकीकृत गरेर अन्तिम रुप दिनेगरी कार्यविभाजन गरेको छ।

‘अन्तिम मस्यौदा तयार गरेर ११ गते सार्वजनिक कुरा भएको छ,’ केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने।

उनले ११ गते घोषणापत्र सार्वजनिक गर्ने र १२ गते उम्मेदवारी मनोनयन दर्ता गरिने बताए। घोषणापत्रका लागि विभिन्न माध्यममार्फत व्यापक सुझाव संकलन गरिने उनको भनाइ छ।

‘टोल फ्रि नम्बरसहित अन्य माध्यमबाट आम नागरिकबाट सुझाव लिन्छौं,’ उनले भने।

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *