२०८३ असोज २९ गते बिहिवार

तुलसीपुरलाई बालश्रम मुक्त नगर बनाउने बारे छलफल


तुलसीपुर,चैत २२ । बालश्रममुक्त नगर निर्माणका लागि तुलसीपुरमा मंगलबार सरोकारवालासंग छलफल भएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सामुहिक अभियानलेमात्रै बालश्रममुक्त समाज निर्माणको अभियान सफल हुने बताइन ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बालश्रममुक्त समाज निर्माणका लागि निरन्तर लाग्नुपर्ने सुझाए ।

तुलसीपुरलाई बालमैत्री नगर बनाउन बालश्रममुक्त वडा अभियानमा लागेको नगर बालअधिकार समितिका संयोजक नवराज लामिछानेले बताए ।

उनले चैत २४ गते वडा नम्बर २ लाई बालश्रममुक्त घोषणा गरिने जानकारी दिए ।

त्यस्तै न्यू सिपीसीका महासचिव नानीमैया वली , नगर युवा संजालका अध्यक्ष गणेश भण्डारी, महिला मानवअधिकार संरक्षण मञ्चका पदमा चौधरी लगायतले सबैको साथ र सहयोगलेमात्रै बालमैत्री नगर निर्माण गर्न संभव हुने राए राखे ।

कार्यक्रममा महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले नगरलाई बालश्रम मुक्त बनाउनका लागि आवश्यक पर्ने सूचक, बालश्रमको स्थिति लगायतका विषयमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *