२०८३ असोज २९ गते बिहिवार

रमेश सिलवालको रिट खारेज, टंकलाल घिसिङलाई सदस्य सचिवको रूपमा काम गर्न बाटो खुला

काठमाण्डौ,चैत २२ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।

सरकारले आफूलाई नियम विपरीत सदस्य सचिवबाट हटाएको भन्दै सिलवालले सर्वोच्चमा रिट दायर गरेका थिए । तर आज मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ ।

सरकारले सिलवाललाई हटाएर गएको मङ्सिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *