२०८३ भाद्र ११ गते बिहिवार

निर्वाचनमा निष्पक्ष कलम चलाउन अध्यक्ष बस्नेतको आग्रह

तुलसीपुर,चैत २२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आउदै गरेको स्थानीय तहको निर्वाचनमा पत्रकारले निष्पक्षरुपमा कलम चलाउन आग्रह गरेका छन ।

रिपोर्टस् क्लब दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पत्रकार चुनाबको समयमा निकै सम्बेदनशील हुनुपर्ने बताए ।

निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित तरिकाले सम्पन्न गराउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भए पनि पत्रकारहरु राजनीतिक दलको भातृसंगठन जसरी भूमिका निर्वाह गरिरहेको भन्दै यसले नागरिकको सहि सूचना पाउने अधिकार कुण्डित हुने बताए ।

उनले निर्वाचनको बेला सञ्चार माध्यामलाई पत्रकार आचारसंहिता उल्लंघनको विषयमा अनुगमन गर्ने संयन्त्र रहेको भन्दै त्यसले एकदमै कडाइका साथ अनुगमन गर्ने पनि बताए ।

चुनाब केन्द्रीत मिडिया सञ्चालन गर्ने, चुनाबलाई प्रभाब पार्ने गरि एकलौटी ढंगले समाचार सम्प्रेसन गर्ने जस्ता कार्य हुने गरेको भन्दै यस्तो कार्यलाई नियमन गरिने अध्यक्ष बस्नेतले प्रष्ट पारे । उनले पत्रकारहरु राजनीतिक दलमा सक्रिय हुन नहुँने आग्रह समेत गरे ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजीकरण सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *