२०८३ असार २७ गते शनिवार

सल्यानमा बोलेरो दुर्घटना १८ बर्षीय किशोरको मृत्यु


दाङ, चैत २२ । सल्यानमा बोलेरो (जीप) दुर्घटना हुँदा एक १८ बर्षीय किशोरको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नं. १ दारिमचौरका १८ बर्षीय नारायण वलीको उपचारका क्रममा मंगलबार बिहान सवा ६ बजेतिर श्रीनगर अस्पतालमा मृत्यु भएको छ ।
मंगलबार बिहान ६ बजेतिर दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको बोलेरो मोडबाट १५ मिटर तल खस्दा वली गम्भीर घाइते भएका थिए ।

तत्काल उनलाई उद्धार गरि श्रीनगरस्थित अस्पताल पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गाडी मृतकका दाजु २१ बर्षीय थलराज वलीले हाँकेका थिए ।

थलराज सामान्ने घाइते रहेको तथा प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *