२०८३ भाद्र १२ गते शुक्रवार

प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय देउखुरीमा

दाङ,चैत २० । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

६५ औं सहकारी दिवसको अवसरमा आईतबार कार्यक्रम गरि राप्ती गाउँपालिकाको मौरीघाटमा उक्त कार्यालय स्थापना गरिएको हो ।

प्रदेश स्तरीय सहकारी दर्ता,अनुगमन, नियमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको हो ।

यस अघि मन्त्रालयले नै गर्दै आएको उक्त कार्य अब सोही कार्यालयबाट हुने छन् । कार्यालयको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका थिए ।

त्यस अवसरमा मुलुक संघीयतामा गएसंगै तीन तहका सरकार रहेको र सहकारी पनि तीन तहको सरकारको मातहतमा रहेको बताए ।

केन्द्र सरकारले केन्द्रीय स्तर, प्रदेशले प्रदेश स्तरका र स्थानीय तहले स्थानीय स्तरका सहकारी संस्थाहरुलाई हेरिरहेको भन्दै सोही अनुसार लुम्बिनी प्रदेश स्तरीय सहकारी संस्था दर्ता,नियमन, अनुगमनलगायतका कार्य गर्न उक्त कार्यालय स्थापना गरिएको हो ।

अझै पनि सहकारी व्यबस्थित हुन नसकेको भन्दै त्यसलाई ब्यबस्थित गर्न उक्त कार्यालयको भूमिका महत्वपूर्ण हुने बताए । उनले सहकारीलाई पूर्ण रुपमा प्रबिधिमैत्री बनाउनु पर्ने बताए । प्रबिधिमैत्री भएमा सहकारीमा विश्वसनीयता थप बलियो रहने बताए ।

उनले अनुगमनको पाटोलाई ब्यबस्थित बनाउन समेत कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए । धेरै सहकारीहरु निष्क्रिय रहेको, विवादित बनेका जस्ता समस्याहरु रहेको भन्दै सहकारीलाई एकीकृत बनाउन आबश्यक रहेको उनको भनाई छ ।

फरक प्रशंगमा उनले प्रदेशको बर्षे अधिवेशन दाङबाटै सञ्चालन गर्ने गरि तयारी रहेको र छिट्टै प्रदेश स्तरीय कार्यालय सार्ने समेत बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री विमला कुमारी खत्री९वली०ले प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई प्रदेश स्तरीय सहकारी सञ्चालन गर्न सहजता बनाउने बताइन ।

त्यस अवसरमा मन्त्रालयका सचिब नारायणप्रसाद सापकोटाले सहकारीलाई ब्यबस्थित गर्न सहकारीको नेतृत्व चलाख हुनुपर्ने बताइन ।

दर्ता अधिकारी महेश पाण्डेले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अधिकृत श्याम कुमार पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *