२०८२ जेष्ठ ११ गते शुक्रवार

शान्तिनगरमा साशुको हत्या अभियोगमा बुहारी पक्राउ

तुलसीपुर, चैत १० । दाङको शान्तिनगरका साशु बिभत्स े हत्या गरेको अभियोगमा बुहारी पक्राउ परेकी छन् ।

शान्तिनगर गाउँपालिका वडा नं. ७ राउतराकी ६५ बर्षीया सासु गंगी भनिने कमिनी कँवरको हत्या अभियोगमा बुहारी २३ बर्षीया कुमारी कँवर पक्राउ परेकी हुन ।
साशु कमिनीको शब चैत ८ गते दिउँसो साढे १२ बजे शान्तिनगर – ६ कोर्बाङस्थित जंगलमा फेला परेको थियो ।

उनको दुबै आँखा फोडिएको, टाउको पछाडिको भाग, घाँटीको भाग, कानसमेत काटिएको र छातिमा छुरी प्रहार गरेको अवस्थामा शब फेला परेको थियो ।
शब जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार साशु कमिनी चैत ८ गते दिउँसो साढे १२ बजे शान्तिनगर – ६ कोर्बाङस्थित गनारीमा रहेको आफ्नै बारीमा केराउ टिप्न भनेर गएकी थिइन ।

घटना अनुसन्धानका क्रममा प्रहरीले बुहारी कुमारी कँवरलाई बुधबार नियन्त्रणमा लिएको थियो ।
प्रारम्भीक अनुसन्धानबाट साशु कमिनी केराउ लिएर राउतरास्थित घर फर्किने क्रममा वडा नं. ६ कोर्बाङस्थित जंगलमा बुहारी कुमारीले धारिलो हतियार छुरी प्रहार गरि हत्या गरेको खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।

बुहारी कमारीले सासु कमिनीलाई धारिलो हतियार चक्कु र हँसिया प्रहार गरि हत्या गरेको भनेर प्रहरी समक्ष स्वीकार गरेको इप्रका प्रमुख अर्यालले जानकारी दिए ।

पक्राउ परेकी बुहारी कमारीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न बिहीबार दाङ जिल्ला अदालतले अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *